कार्यालय सारिएकोमा विरोध

कार्यालय सारिएकोमा विरोध

भैरहवा : भैरहवामा सञ्चालित सरकारी कार्यालय सारिएको विरोधमा हस्ताक्षर अभियान थालिएको छ। 

सरकारी कार्यालय भैरहवामै रहनुपर्ने माग गर्दै नयाँ शक्ति पार्टी नेपालले विरोधस्वरूप हस्ताक्षर अभियान थालेको हो। सरकारी कार्यालयका भवन पर्याप्त हुँदाहुँदै राजनीतिक शक्तिको आडमा कार्यालय बुटवल तथा तिलोत्तमा क्षेत्रमा सारिएपछि त्यसको विरोधमा उत्रिएको नयाँ शक्ति पार्टी नेपालले बताएको छ। 

केही समयअघि तामझामका साथ भैरहवामा स्थापना गरिएका निर्देशनालयहरू थाहै नदिई सारिएपछि भैरहवावासीले आक्रोश पोख्दै पुनः स्थापनाका लागि अभियान सञ्चालन गरेका हुन्।

प्रदेश ५ का सांसद सन्तोष पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, वडाध्यक्ष, विभिन्न दलका नेता, समाजसेवी, उद्योगी, व्यवसायी, सर्वसाधारणलगायतले हस्ताक्षर गरेका छन्।

यहाँ सरकारी कार्यालयका खाली भवन हँुदाहँुदै पनि भाडा तिर्ने गरी यहाँबाट षड्यन्त्रपूर्वक कार्यालय सारिएको नयाँ शक्ति पार्टी सिद्धार्थनगरका अध्यक्ष शोभाकान्त नेपालले बताए। उनले भने, ‘यो हामीलाई कदापि स्वीकार्य छैन, सारिएका कार्यालय पुनःस्थापना हुनुपर्छ।’

त्यस्तै, प्रदेशको मन्त्रालय पनि बुटवलमा राखिएका कारण भैरहवावासीले विरोध जनाएका छन्। प्रदेश सरकारले राजधानीलाई एउटा गाउँपालिका र नगरपालिकाको केन्द्रजस्तै बनाएको भन्दै प्रदेश ५ का सांसद पाण्डेयले आपत्ति जनाएका छन्।
 
उनले प्रदेश ५ को राजधानी रूपन्देही तोकिएको भन्दै प्रदेश मन्त्रालय बुटवलमा मात्र नभई भैरहवा र लुम्बिनीमा पनि राखिनुपर्नेमा जोड दिए। निर्देशनालय सारिएको विषयमा संसद्मा आफूले सरकारको स्पष्ट धारणा माग गर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.