माइक्रोसफ्टको क्लास रुम पेन

माइक्रोसफ्टको क्लास रुम पेन

माइक्रोसफ्टले विद्यार्थीका लागि सर्फेस पेन बनाएको छ। तर, उक्त पेन विद्यार्थीले नभएर स्कुलले मात्र किन्न पाउने जनाइएको छ। मोटो, टिकाउ र सस्तो पेनको रूपमा निर्माण गरिएको सर्फेस पेनलाई कम्पनीले ‘क्लास रुम पेन’ नाम दिएको छ।

विश्वमा पछिल्लो समय बढ्दै गएको प्रविधियुक्त शिक्षालाई ध्यानमा राख्दै कम्पनीले यसको निर्माण गरेको हो। कम्पनीले यसअघि नै यो पेन तयार पारे पनि त्यसमा थप सुविधाका साथ पुनः सार्वजनिक गरेको हो। यसलाई स्कुलले मात्र खरिद गरेर आफ्ना विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्न प्रयोग गर्न सक्ने बताइएको छ।

सन् २०१८ मा कम्प्युटरमा आधारित शिक्षाले बजार लियो। कम्प्युटरमा आधारित शिक्षाका लागि आवश्यक पर्ने प्रविधिका सामग्री बनाउने कम्पनीमा गुगल पहिलो नम्बरमा थियो। अहिले अमेरिका लगायतका विश्वका विभिन्न देशमा गुगल क्रोमले निर्माण गरेको बुक प्रयोग हुँदै आएको छ। माइक्रोसफ्ट गुगल त्यो सफलताबाट पछि पर्न चाहँदैन थियो। त्यसको प्रतिफल कम्पनीले प्रविधिमा आधारित शिक्षासँग सम्बन्धित सम्मेलन ‘बेट्ट’मा कम्पनीले आफ्नो नयाँ उत्पादन प्रस्तुत गरेको हो। यसले गुगललगायत प्रविधिमा आधारित शिक्षाका लागि काम गर्ने टेक कम्पनीलाई चुनौती दिएको उल्लेख गरिएको छ।

योसँगै माइक्रोसफ्टले विन्डोज १० मा आधातिर भएर एक सय ८९ डलरबाट सुरु हुने शिक्षाको संस्करण सुरु गरेको छ। यसमा सातवटा डिभाइस छन्। लेनोभो र एसरको टु इन वान डिभाइस छन्। साथै लेनेभो, एसर र डेलको १३ र १५ इन्चको सस्तो ल्यापटप पनि छ। यसको मूल्य तीन सय डलर रेन्जमा रहेको उल्लेख छ। यो विद्यार्थीको सिकाइका लागि नयाँ र आकर्षक शैली हो। यो किन्डरगार्टेनदेखि कक्षा ८ सम्मका विद्यार्र्थीका लागि निर्माण गरिएको जनाइएको छ। विशेषगरी माइक्रोसफ्टको सर्फेस गो स्कुलका लागि बनाइएको हो। सर्फेस गो माइक्रोसफ्टको सबैभन्दा सस्तो विन्डोज टेन युक्त ट्याब्लेट हो। यसको मूल्य तीन सय ९९ डलर छ। यसमा कीबोर्ड कभर लागाउँदा थप एक सय ३० डलर र सरफेस पेन थप्दा थप सय डलर लाग्छ। अहिले भने कम्पनीले ल्याएको क्लासरुम पेनको मूल्य मात्र ४० डलर तोकिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार क्लासरुम पेन सरफेस पनेको तुलानमा छोटो हुनुका साथै मोटो पनि छ। यो पेनमा दुईवटा बटन दिइएको छ, जसमा लेखेको कुरा मेट्न भने विभिन्न अप्सन प्रयोग गर्न सकिन्छ। पेनलाई आवश्यक समयसम्म एक्टिभ राख्न टिप फिचर उपलब्ध छ। यसबाट आवश्यक समयसम्म पेनलाई एक्टिभ राख्न सकिन्छ। पेनको पुछारमा एउटा स्लट दिइएको छ। यसको मद्दतले शिक्षकले उक्त पेनको निगरानी गर्नसक्ने जनाइएको छ।

दुःखको कुरा, यो पेन विद्यार्थी आफंैले भने खरिद गर्न पाउँदैनन्। यसलाई कम्पनीले आउँदो फेबु्रअरीमा विश्व बजारमा उपलब्ध गराउने जनाइएको छ। २० वटा पेन भएको प्याक सात सय ९९ डलरमा बजारमा आउने समेत उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.