जेसिबीको ठक्करबाट दुईको मृत्यु

जेसिबीको ठक्करबाट दुईको मृत्यु

सिरहा : सिरहा नगरपालिका ११ पदमपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।  गय राति चोहर्वाबाट सिरहातर्फ आउँदै गरेको ‘अन टेष्ट’ जेसिबीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गएको हो । 

दुर्घटनामा स ७ प ८७४८ को मोटरसाइकलमा सवार सिरहा नपा ११ का ३५ वर्षिय विरेन्द्र पंडित र २८ वर्षिय दोरिक सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन सिंह बस्नेतले जानकारी दिए । उनकाअनुसार दुर्घटनापछि जेसिबी चालक फरार भएका छन् । जेसिबी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ । दुर्घटनामा जेसिबीको लापरवाही देखिएको प्रहरीको भनाई छ ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.