मापदण्डविपरित बालुवा र गिट्टी निकालेको भन्दै स्थानीयले गरे खोला बन्द
धनुषा : सरकारी मापदण्डविपरित क्रसर उद्योगले बालुवा र गिट्टी निकाल्न थालेपछि स्थानीयले खोला बन्द गरेका छन्। नियामक निकायले अनुगमन नगरेको भन्दै महोत्तरीको बर्दिवास नगरपालिका-९ स्थित पशुपतिनगरको खोला स्थानीयले बन्द गरेका हुन्।
विभिन्न स्थानमा खाल्डा पारेर यो खोलाबाट तीनफिट भन्दा तलबाट बालुवा र गिट्टी निकाल्ने गरेको स्थानीयले गुनसो गरेका छन्।
उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन, क्रसि· र बिक्रीवितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि’ २०७५ स्वीकृत गरेर मापदण्ड तोकेको छ। तोकिएको मापदण्ड बिनानै यी आठैवटा उद्योग सञ्चालनमा रहेको अनुगमनमा पाइएको हो। कार्यविधिको अनुसूची–३ अनुसार ढुंगा, गिट्टी, बालुवा, चट्टान, दहत्तर, बहत्तरको उत्खनन र संकलनसम्बन्धी मापदण्ड तोकिएको छ।