हुलाकी सडक संघर्ष समितिको चेतावनी : सरकार गम्भीर नभए थप संघर्ष

हुलाकी सडक संघर्ष समितिको चेतावनी : सरकार गम्भीर नभए थप संघर्ष

सिरहा : तराई-मधेशको लाइफ लाइन मानिने हुलाकी सडकमा पर्ने कमला र बलान नदीको पुल चाँडै निर्माणको माग गर्दै सुरु भएको रिले अनसनको शुक्रबार ३२ दिन पुगेको छ। अनसन बसेको एक महिना बित्न लाग्दा पनि सरकारले चासो नलिएको भन्दै हुलाकी सडक संघर्ष समिति आक्रोशित भएको छ।

समितिले बिहीबार सिरहा सदरमुकामस्थित हुलाकी सडकमै पत्रकार सम्मेलन गरी सरकारले लिखित रुपमा पुल निर्माणको काममा प्रतिवद्धता जनाउनुपर्ने माग गरेका छन्। 'माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओली सिरहा आउँदैछन्, हामी चाहन्छौँ उहाँले यस विषयमा चासो देखाइदियोस्', समितिका केन्द्रीय संयोजक रामरिझन यादवले भने, 'प्रधानमन्त्रीले जसरी पनि संघर्ष समितिको मागलाई सम्बोधन गर्नुपर्छ।' 

पुल निर्माणमा सरकार र ठेकेदार कम्पनीले ढिलाई गरिरहेको उनको  आरोप छ। उनले सरकारले गम्भीर रुपमा नलिए अर्को चरणको संघर्ष थाल्ने बताए। 'बलान नदीको पुल निर्माण काम बन्द छ। कमला पुल कछुवा गतिमा निर्माण भइरहेको छ,' उनले भने, 'शिल्यानाश भएको सात वर्षभन्दा बढी भएपनि काम सम्पन्न भएन। यही गतिमा निर्माण काम भइरहे अझै आठ वर्ष लाग्छ।' यी दुई पुल र हुलाकी सडक नबन्दा मधेशको विकास र समृद्धि ओझेलमा पर्‍यो।'

हुलाकी सडकमा पर्ने सिरहा-धनुषा जोड्ने ४ सय ५० मिटर लम्बाई र ८.७ मिटर चौडाईको कमला पुल निर्माणको सम्झौता २०६८ साल जेठ ३१ गतेमा पप्पु-लम्बिनी जेभीले गरेका थिए।

२४ करोड ९० लाख ९७ हजार २ सय रुपैयाँमा साढे ३ वर्षभित्र कमला पुल निमार्ण सक्ने गरी सम्झौता गरेपनि सात वर्ष भन्दा बढी बित्न लाग्दा पनि आधाजति काम पनि सकेको छैन्। 

२०७१ मंसिर ३१ गतेमा निमार्ण सम्पन्न गर्ने भनिए पनि यो पुलको १३ वटा पिलर र सुपर स्ट्रक्चरका आधा काम मात्रै सकिएको छ। पुल नहुँदा वारिपारीका सर्वसधारणलाई आवतजावतमा कठिनाई भइरहेको छ। 

यसैगरी, सिरहा र सप्तरी जोड्ने अर्को महत्वपूर्ण पुल बलान नदीमा पर्छ। त्यो पुलको ठेक्का पनि पप्पु शर्मा जेपीले पाएको थियो। २०६८ चैत १५ गते सम्झौता गरेर पुल निर्माण सुरु भएपनि सात वर्षमा पुल निर्माण सम्पन्न हुन सकेको छैन्। २०७२ भदौं १४ मा सक्नुपर्ने भएपनि पुल निर्माण हुन नसक्दा सप्तरी र सिरहाका स्थानीयलाई घुमाउरो र लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। 

४ सय ६२ मीटर लम्बाई र ७ दशवलम २० मीटर चौडाईको बलान पुल निर्माणको लागि २४ करोड ६२ लाखमा पप्पु-शर्मा जेपीले सम्झौता गरेका थिए। बलान नदीको पुल निर्माण कामबाट पप्पु कन्सट्रक्सनले चालु आर्थिक वर्षदेखि काम छाडेको उक्त कन्सट्रक्सनका कमला पुल साइट इन्जिनियर जामुन यादवले जानकारी गराए। 

पुल निमार्ण नहुँदा सिरहादेखि सप्तरीको राजविराज लगायतका गाउँ पुग्न लामो यात्रा तय गर्नुपर्छ। वर्षाको बेला नदी छेउका स्थानीयलाई लहान बजार पुगेर पूर्व-पश्चिम राजमार्ग वा भारतीय बजार लौकहा भएर कुनौली हुँदै राजविराज पुग्नुपर्ने बाध्यता छ।

सिरहबाट जनकपुरसहितका गाउँमा पुग्न भारतीय बजार जयनगर वा पूर्व-पश्चिम राजमार्गको विकल्प मात्रै छ। जनकपुरदेखि राजविराजसम्मको ९० किलोमीटरको दूरीमा पर्ने कमला र बलान नदीको पुल निर्माण नहुँदा १३० किलोभन्दा बढी पूर्व-पश्चिम राजमार्ग भएर यात्रा गर्नुपर्ने बाध्यता छ।

त्यही भएर हुलाकी मार्गमा पर्ने कमला र बलान नदिको पुल समयमै सक्नुपर्ने आवश्यकता र माग रहेको हुलाकी सडक संषर्घ समितिका संयोजक यादवले बताए।

संघर्ष समितिले अनसन थाल्नु अघि जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका थिए। भदौं ३१ देखि असोज ७ गतेसम्म राजविराजदेखि जनकपुरसम्म हुलाकी मार्ग भएर पैदल यात्रा गर्दै प्रदेश २ का सरकारलाई ज्ञापन पत्र बुझाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.