ल्होसारले नाका प्रभावित

ल्होसारले नाका प्रभावित

नुवाकोट : चीनसँगको एक मात्र रसुवागढी नाका सोनाम ल्होसारका कारण प्रभावित भएको छ। नाकाबाट मालवाहक गाडीको आवतजावत रोकिएको छ। २२ दिन कारोबार नहुने रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

चीनले ल्होसारका अवसरमा मालवाहक ट्रक, कन्टेनर र डिब्बामा सिल नगर्ने भएका कारण नाका प्रभावित भएको हो। चीनले यही जनवरी २९ तारिखदेखि फेब्रुअरी २० सम्म कारोबार नहुने जनाएको छ। ल्होसार माघ २२ गते मंगलबार मनाइँदै छ। यसलाई चीनले राष्ट्रिय पर्वका रूपमा मनाउने गरेका कारण नाकाबाट चाँडै कुहिने स्याउलगायत सामग्री मात्र आउने रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए। उनका अनुसार मानवीय आवतजावत भने खुला हुनेछ। पर्यटक बोक्ने सवारीलाई पनि आउजाउ गर्न समस्या नहुने भन्सारले जनाएको छ।

ल्होसारका कारण चिनियाँ कर्मचारी घर गएका छन्। केरुङतर्फ चिनियाँ पक्षले मंगलबार १ सयवटा गाडीमा मात्र शिल लगाएका थिए। नेपाल ल्याउन लागिएको एनसेलको सामग्रीमा भने फेब्रुअरी ६ तारिखसम्म शिल लगाउने बताइएको छ। केरुङमा भन्सारको काम नहुने भएपछि व्यवसायी बिहीबार नेपाल फर्किएका छन्। रसुवागढी भन्सारले दैनिक १ करोड राजस्व संकलन गर्दै आएको छ।

चीनले रसुवागढीलाई सन् २०१७ सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय नाकाका रूपमा मान्यता दिएको थियो। यो नाकाबाट विद्युतीय सामानका साथै तयारी पोसाक, सिरक, ब्लांकेट, ज्याकेट, जुत्ताचप्पल आयात हुने गरेको छ। चीनतर्फ भने हस्तकलाका सामान, चाउचाउ, खुर्सानी, मैदा निर्यात भइरहेको छ। एउटा कन्टेनरले भन्सार राजस्व सरदर ४० हजार रुपैयाँ तिर्नुपर्छ।

चिनियाँ भन्सार बन्द भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर रसुवाका बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन्। चीनको केरुङ रसुवागढीबाट २७ किलोमिटर उत्तर–पश्चिममा पर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.