अनसनरत केसीको समर्थनमा उत्रिएका १७ चिकित्सक पक्राउ

अनसनरत केसीको समर्थनमा उत्रिएका १७ चिकित्सक पक्राउ

काठमाडौ : आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालका चिकित्सकले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको केसीका सहयोगी प्रीतम केसीले जानकारी दिएका छन्।

पक्राउ परेका सबै चिकित्सकलाई नेपाल पुलिस क्लबमा राखिएको छ। अस्पतालपरिसरमा भने चिकित्सकको नाराबाजी जारी छ।

पक्राउ परेका चिकित्सकहरुमा रेजिडेन्ट डा. एसोसिएनका अध्यक्ष डा. सुमित पाण्डे, डा. विशाल अग्रवाल,डा.अमित शर्मा, डा.हेमन्त बास्तोला, डा.बद्री अर्याल, डा. सिद्धार्थ भण्डारी, डा. उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा.अमिर श्रेष्ठ, डा. आकाश शेर्पाली, डा.आनन्द सिंह, डा. पदम जोशी, डा. समीर चापागाइ, डा. विश्वराज तिम्सिना, डा.अपूर्व आचार्यलगायत चिकित्सक अध्ययनरत विद्यार्थी छन्। डा. केसी अनसनमा बसेको आज २४ औँ दिन हो।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.