राजदूतलाई परराष्ट्रमन्त्रीको ब्रिफिङ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न देशका राजदूतलाई ब्रिफिङ गरेका छन्।
शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा कार्यक्रम गरेर मन्त्री ज्ञवालीले विभिन्न देशका राजदूतलाई पछिल्लो राजनीतिक घटनाक्रम र लगानी सम्मेलनका विषयमा ब्रिफिङ गरेका हुन्।
ब्रिफिङ समारोहमा भारत र चीनका राजदूत उपस्थित थिए भने अमेरिकी राजदूतले उपप्रमुखलाई पठाएका छन्। समाारोहमा जापानी राजदूत भने उपस्थित भएनन्।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालगाायत सरकारका उच्च पदाधिकारीको उपस्थिति थियो।