प्रकाशचन्द्रले भने : धार्मिक सम्मानसहितको हिन्दुराष्ट्र हाम्रो एजेन्डा

प्रकाशचन्द्रले भने : धार्मिक सम्मानसहितको हिन्दुराष्ट्र हाम्रो एजेन्डा

काठमाडौँ : एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दु राष्ट्र आफूहरुको एजेन्डा भएको बताएका छन् । पशुपति शमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सँग शुक्रबार भएको एकता घोषणासभामा बोल्दै नेता लोहनीले आफूहरुको साझा एजेन्डा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र भएको बताएका हुन् । 

'हामी राष्ट्रलाई बुद्ध र हिन्दु धर्मको सम्मानसहित धार्मिक स्वतन्त्रसहितको हिन्दु राष्ट्रका लागि अघि बढ्छौँ', पूर्वपञ्चहरूका दुई पार्टीबीचको एकता घोषणा समारोहमा बोल्दै डा. लोहनीले यस्तो बताएका हुन्, 'हिन्दु धर्म हाम्रो संस्कृति हो । यसलाई बोकेर आधुनिक युगमा जान सकिन्छ भन्ने हाम्रो धारणा हो । यो पहिचानलाई संरक्षण गर्नुपर्छ ।'

नेता लोहनीले हिन्दुको विषय पुरातनवादी भन्नेहरुलाई जवाफ दिँदै आफ्नो संस्कृति जोगाउनु कहिल्यै पुरातनवादी नहुने जिकिर गरे ।

'नेपालको पहिचान हिन्दु राष्ट्रको रूपमा हुनुपर्छ भन्ने हाम्रो माग हो । २१औँ शताब्दी जनताले शासन गर्ने हो । हामी यसलाई अंगिकार गर्छौ', उनले भने, 'नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र आवश्यक छ। राजसंस्थालाई अभिभावकको रूपमा प्रयोग गरेको देशमा स्थिरता छ ।'

अहिले नेपालमा अभिभावकत्व दिने संस्था पार्टी भएका उनले बताए । 'ओली प्रधानमन्त्री हुँदा संसदीय मान्यतालाई  लत्याउँदै सिधै प्रधानमन्त्री बनाइयो, किन यसो गरियो ? राष्ट्रपति पार्टीको सदस्य हो', उनले भने । 

लोहनीले भ्रष्टाचारविरुद्ध लडाईँमा अघि बढ्ने पनि बताए । 'भ्रष्टाचारले सीमा नाघेको छ। भ्रष्टाचारको संस्कार नेपालको दुष्मन हो', लोहनीले भने, 'स्थिर सरकारले नेपालमा स्थिर कुशासन र लुटतन्त्र लागू गर्न लागेको छ। एनसेलको कर कहाँ गयो ? ३३ किलो सुन कहाँ गयो ? प्रधानमन्त्री कार्यालयमा फाइल छ रे ! देखाउनुस् ।'

वाइडबडी काण्डमा ठूला दल चुप रहेकोमा लोहनीले कटाक्ष गरे । 'नेपालमा मार्सी चामल पुँजीवाद आएको छ। डा. केसी यसविरुद्ध छन्, उनी जीवनमरणको दोसाँधमा छन् तर सरकार मौन छ', उनले भने, 'नेपालका उद्योगहरू कहाँ गए ? जवाफ दिन सक्नुहुन्छ ? यो सबै हाटहुट लाटलुट कम्पनी प्राइभेट लिमिटेडलाई चाहिँदैन ।'

अहिले प्रतिपक्ष कमजोर रहेको लोहनीको निचोड छ। 'वाइडबडी आउन साथ प्रतिपक्ष पनि चुप भयो। मार्सी चामलको पुँजीवाद त्यहाँ त पुगेन ?', लोहनीले भने, 'देशमा ठाडो अधिनायकवाद छ। देशमा संसद सर्वोच्च छ भन्दै धम्की दिइँदैछ। तर देशमा संविधान सर्वोच्च हो। हामी यी सबै विषयमा संघर्ष गर्नेछौँ।'

लोहनीले धर्म र संस्कृतिमाथिको हमला तोड्नुपर्ने चुनौती आएको पनि बताए । 'संस्कृतिमाथि हमला गर्दै जिसस पुत्रीको नाममा होलीवाइन खान सरकार लागेको छ', उनले भने, 'प्रतिपक्ष नराखेर शासन गर्ने लक्षमा छ कम्युनिस्ट सरकार। हामी यो देशको प्रजातन्त्र कसैको खेलौना बनाउन दिँदैनौँ। हामीले पदका लागि होइन देश बनाउन एकता गरेका छौँ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.