प्रधानमन्त्री भन्छन् : सही नीतिसहित सरकार सही बाटोमा छ

प्रधानमन्त्री भन्छन् : सही नीतिसहित सरकार सही बाटोमा छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सांसदहरुसँग शुक्रबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले कुनै पनि बिषयबारे राम्रो अध्ययन गरेर मात्रै संसदमा प्रस्तुत हुन आग्रह गरेका छन् । पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई सम्झाएका हुन् ।

प्रधामन्त्रीले पार्टीको एकता प्रक्रिया चाँडै टुंगिने पनि दाबी गरे । ‘पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ, तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ’, ओलीले भने, ‘त्यसपछि पार्टीका नीति निर्देशन स्थानीय तहमा पुग्छन् । यसो भएमा स्थानीय तहलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।’

प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने आश्वासन दिँदै सांसदहरुलाई प्रशिक्षित पनि गरिने बताए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ठ सम्बन्ध राख्न पनि आग्रह गरेका छन् । 

‘कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुदैनन्’, उनले भने, ,त्यसका लागि सांसदहरुमार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा पठाउने गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.