रातु खोलाको अबैध दोहनविरुद्ध स्थानीय आन्दोलित
महोत्तरी : अवैध रुपमा भइरहेको रातु खोला दोहनको विरुद्धमा महोत्तरीको बर्दिबासका स्थानीय आन्दोलित भएका छन्। खोलाको दोहोन रोक्न साताअघि बर्दिबास नगरपालिकालाई स्थानीयले जानकारी गराएका थिए। तर, नगरपालिकाले कुनै ध्यान नदिएपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन्।
सयौंको संख्यामा बर्दिबासस्थित पशुपतिनगर गाउँलेले नदीजन्य ओसारपसार र उत्खनन् गरिहेको जेसिबी डोजरलगायतका सवारी साधनलाई घेराउ गर्दै बन्द गराएका थिए। उनीहरुले उत्खनन्ामा रोक पनि लगाएको छ।
अबैध उत्खनन् रोक्ने जिम्मेवारी बोकेका बर्दिबास नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी भने मै चुप तै चुप छन्। बर्दिबास नगरपालिकाले तीन फिट गहिराईसम्म मात्र बालुवा, ढुङ्गा, गिट्टी निकाल्न पाइने गरी खोलाको ठेक्का खोला लगाएको छ। तर, १० फिट गहिरो खाल्टो खनी दुई सातादेखि निर्माण सामाग्री झिक्ने क्रम रोकिएको छैन।
कानुन अनुसार खोलानालबाट ठूलो यन्त्र लगाएर नदीजन्य पदार्थ उत्खनन् गर्न प्रतिबन्ध छ। तर, बर्दिबासको रातु खोलामा ठेक्केदारले त्यो कानुनको बर्खिलाप गरेको छ। उसले ठूला यन्त्र प्रयोग गरेर खोला दोहोन गरिहेको छ। सरोकारवला निकाय रोक्नुको साटो उल्टै ठेक्केदारलाई सघाइरहेका छन्।
बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले 'खोला दोहोन विरुद्ध जनता आन्दोलित भएको राम्रो हो,' तर, उनले सम्झौता विपरित काम गर्ने ठेकेदारलाई कारवाहीका लागि कदम नचालेको स्थानीयको भनाई छ।
पहिले जिल्ला विकास समितिले रातु नदी ठेक्का लगाउथें। चालु आर्थिक वर्ष २०७५/०७६ बाट खोलाको ठेक्का लगाउने जिम्मा स्थानीय सरकारको मातहतमा आएको छ। वातावरणमा गम्भीर असर पार्ने गरी ठूला यन्त्र प्रयोग गरेर नदी उत्खन्न भइरहँदा पनि जनप्रतिनिधिले ध्यान नदिएको स्थानीय बताउँछन्। चुरेको भावर क्षेत्रमा पर्ने रातु नदीको बैध ठेक्काको कागज देखाएर ठेकेदारले अबैध रुपमा नदीको चरम दोहोन गरिरहेका छन्।
दशक अघिदेखि हुँदै आएको नदीको दोहोन यथावत छ। ठेक्केदारको कमाउ धन्दामा सरोकारवला प्रभावित बन्दा रातु खोलामा जथाभावी नदी दोहन हुने क्रम फेरि दोहोरिएको हो। जथाभावी दोहोनले बर्सेपिच्छे खोलाले बहाव फेरिँदै आएको छ ।
बर्दिबास, किसाननगर, पशुपतिनगर, भंगहा, हत्तिसर्वाका हजारौं किसानको सयौं विघा जग्ग कटान गरेर बगर बनाइदिएको छ । खेती योग्य जमिन खोलाले निलेपछी किसान विदेशिएका छन्। विदेशको कमाइले अन्न किनेर खान बाध्य पशुपतिनगरका किसान अनिलकुमार महतो बताउँछन्।
ठेकेदारसँग प्रहरी —प्रशासन र स्थानीय तहको मिलोमतोमा अनधिकृत उत्खन्न हुने कामले निरन्तरता पाइरहेको स्थानीय बताउँछन्। पशुपतिनगर-९ का स्थानीय राजनीतिकर्मी रामजतन महतोले पहिला स्थानीय सरकारले रातु नदीका दुवै किनारमा तटबन्धको व्यवस्था मिलाइदिनुपर्छ अनि मात्र रातु खोलाबाट उत्खनन गर्ने अनुमति दिनुपर्ने माग गरेका छन्।'खोलामा तट्बन्ध नलगाउने तर, उल्टै ठेकेदारलाई अबैधरुपमा खोला खन्न दिने ? यो कुरा हामी कुनै पनि हालतमा मान्दैनौं,'उनले भने।
मेयर विदुर कार्कीले चुनावको बेला रातु खोलामा भइरहेको उत्खननलाई रोक्ने भन्दै आफ्नो चुनावी नारा बनाएका थिए। नीतिगतरूपमै अघि बढ्न पोहोर साल मंसिरमा पहिलो कार्यपालिकाको बैठकबाट रातु खोलाको साथै चुरे दोहोनलाई रोकेर पर्यावरणलाई संरक्षण गर्ने पहिलो निर्णय लिएका थिए।तर, अहिले आएर उनै मेयरले खोलाको बहावलाई व्यवस्थित बनाउने भन्दै उत्खनन गर्ने दिने निर्णय गरेका छन्।
तर, भइरेहको अनियन्त्रित खोला उत्खन्न रोक्नुको साटो ठेक्का लगाएर ठेकेदारलाई नदी दोहोन गर्न प्रस्य दिएका स्थानीयहरु बताउँछन्। चुरेको भावर क्षेत्रमा पर्ने रातु खोला दोहोनले बर्दिबास, भंगहा, गौशाला क्षेत्रमा गएको पाँच बर्षदेखे प्रत्येक बर्ष चैत्र—बैशाख सुरु हुनासाथ खानेपानीको ठूलो हाहाकार हुने गरेको छ।'पहिला कसैले ध्यान नदिदा ठेक्केदारले जथाभावी खन्यो । त्यसको दुःख त हामी भोग्न बाध्य छौं,'पशुपतिनगरका स्थानीय किसान रामप्रकाश महतोले भने,'अब त स्थानीय सरकार आयो। तर पनि अबैध दोहोन रोकिएको छैन। दोहोन झन-झन बढ्दै गयो।'