कांग्रेस नेता पौडेल केसीलाई भेट्न अस्पतालमा
काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न अस्पताल पुगेका छन्।
शुक्रबार साँझ नेता पौडेल केसीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन्। भेटमा नेता पौडेलले केसीलाई अनशन तोड्न अनुरोध गरेका छन्।
सँगै नेता पौडेलले अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल उहाँका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार दिउँसो मात्र अस्पताल पुगेका पूर्वराष्ट्रपति रामवरण यादवलेसमेत डा. केसीलाई अनसन तोड्न आग्रह गरेका थिए। उनले अनसन तोडेर सत्याग्रहलाई निरन्तरता दिन केसीलाई आग्रह गरेका हुन्।