धनगढीमा नेविसंघका कार्यकर्ताले गरे प्रधानमन्त्रीको पुतला दहन
धनगढी : धनगढीमा नेपाली कांगेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।
सरकारले चिकित्सा शिक्षा विधेयक पेलेरै पास गरेको भन्दै नेविसंघका नेता तथा कार्यकर्ताले शुक्रबार साँझ धनगढी पार्क चोकबाट सरकार विरुद्ध नारावाजी गर्दै पुतला दहन गरेका हुन् ।
साथै नेविसंघले तत्कालै उक्त विधेयक संशोधन गर्न पनि आफूहरुले माग गरेको कैलालीका नेता सुमन केसीले बताए । साँझ एलएनचोकमा उनीहरुले प्रधानमन्त्रीको पुतला दहन गर्दै चर्को नारावाजी समेत गरे । यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भयो ।