बाँके शिक्षालाई मेयर कप फुटबलको उपाधि

बाँके शिक्षालाई मेयर कप फुटबलको उपाधि

नेपालगन्ज : अन्तर विद्यालय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि बाँके शिक्षाले जितेको छ । 

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा टाइब्रेकरमा बाँके शिक्षाले आदर्श उच्च माविविरुद्ध ५–४ को अन्तरले जित निकालेको हो । निर्धारित समयमा दुवै टोलीले २–२ बराबरी गोल गरेपछि टाइब्रेकरमा लगिएको थियो । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रादेशिक खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओली, एन्फा बाँके अध्यक्ष भोजराज शाही लगायतले विजेता बाँके शिक्षाले १५ हजार नगदसहित ट्रफी र उपविजेता आदर्शले १० हजार नगद र ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा २४ विद्यालय सहभागी थिए । ०००


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.