नेविसंघको कब्जामा मन्त्रिपरिषद् कार्यालयको गाडी

नेविसंघको कब्जामा मन्त्रिपरिषद् कार्यालयको गाडी

काठमाडौं : नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गाडी नियन्त्रणमा लिएको छ। 

शनिबार बिहानैबाट सडकमा गुडेका सरकारी गाडीको निगरानी गरेका नेविसंघ कार्यकर्ताले बालुवाटारबाट मन्त्रिपरिषद् कार्यालयको गाडी नियन्त्रणमा लिएका हुन्। 

केन्द्रीय समितिको निर्णय अनुसार नेविसंघ कार्यकर्ताले शनिबार बिहानैबाट सरकारी गाडीमाथि निगरानी बढाएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। 

आन्दोलनको कार्यक्रम अनुसार नै सकारी गाडी नियन्त्रणमा लिएको उनको भनाइ छ। सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको भन्दै नेविसंघले निगरानी सुरु गरेको थियो। 

कतिपय ठाउँमा भने नेविसंघ कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेका छन्। सरकारी गाडी नियन्त्रण अभियानमा नेविसंघका नेताहरु निरन्जन थापा, पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा, सुसान्त आचार्य संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, विजय ढुङ्गाना, सुदिप अधिकारी, जानुका पन्तलगायत नेताहरु सहभागी छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.