पोखरा महानगरको गाडी जलाउने पाँच पक्राउ

पोखरा महानगरको गाडी जलाउने पाँच पक्राउ

पोखरा : पोखरा महानगरपालिकाको पिकअप भ्यानमा शनिबार आगो लगाएको आरोपमा कास्की प्रहरीले नेपाल विद्यार्थी संघका पाँच जनालाई पक्राउ गरेको छ। डिफान भुजेल, पर्शुराम बस्नेत, विनय पौडेल, लक्ष्मी पौडेल र राजेन्द्र बराललाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।

पोखरा मासबारमा बिहान साढे ९ बजे महानगर शिक्षा महाशाखाको बा १ झ ५८७९ नम्बरको गाडीमा पेट्रोल छर्केर २ जनालेआगो झोसेको प्रत्यक्षदर्शीले बताएका छन्। सेतो स्कुटरमा आएका २ युवाले गाडी रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए।

जिल्ला समन्वय समितिबाट हालै उक्त गाडी पोखरा महानगरपालिका अन्तर्गत आएको थियो।  गाडी मर्मत गरेर शिक्षा महाशाखाले प्रयोग गर्दै आएको महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले बताए। 

बिदाको दिन सरकारी साधनको दुरुपयोग बढेकाले नेपाल विद्यार्थी संघ केन्द्रीय निर्णयअनुसार देशका सबै जिल्लामा बिदाको दिन सवारी साधन चल्न नदिने अभियान सञ्चालन गरेको नेपाल विद्यार्थी संघका नेता भानु ढकालले बताए।  सवारी साधनको दुरुपयोग बढेकाले शान्तिपूर्ण रुपमा नियन्त्रण गरेर प्रशासनलाई बुझाउने कार्यक्रम रहे पनि विद्यार्थी आक्रोशमा आएर त्यस्तो घटना भएको हुन सक्ने उनले सुनाए।

पोखरा महानगरपालिकाले एक विज्ञप्ति निकालेर घटनाको विरोध गरेको छ। महानगरका प्रवक्ता धनबहादुर नेपालीले जारी गरेको विज्ञप्तिमा गाडीमा आगजनी गर्नेलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ। महानगरपालिकाले गाडीमा आगजनी गर्नेलाई कारबाही गर्न उजुरीसमेत दिएको महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.