माडीको पानी दाङ ल्याउँछौँ : समाभुख महरा

माडीको पानी दाङ ल्याउँछौँ : समाभुख महरा

दाङ : संघीय संसदमा सभामुख कृष्णबहादुर महराले दाङको सिचाईंका लागि माडीको पानी ल्याउने बताएका छन्।  रोल्पाको माडी नदीको पानी डाइभर्सन गरेर दाङ ल्याउनका लागि यही वर्षदेखि नै काम सुरु गर्न लागेको महराको भनाइ छ। 

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारणसभा तथा सातौं अधिवेशनको उद्घाटन गर्दै सभामुख महराले  त्यस्तो बताएका हुन। उनले माडीको पानी दाङमा ल्याउने तयारी भएकाले त्यो अनुसार सरोकार समिति गठन गरेर अघि बढन समेत जिल्लाबासीलाई आग्रह गरे। 

दाङमा पानीको श्रोत सुक्दै गएको अवस्थामा सभामुख महराले चर्चामा रहेको माडी डाइभर्सनको काम यही वर्षदेखि गर्ने गरी तयारीको काम अघि बढेको जानकारी दिएका हुन्।  

सभामुख महराले प्राकृतिक श्रोतको सही सदुपयोग गर्न नसक्दा दाङबासीले दुःख भोगिरहेको बताए। 
 
दक्षिणतिरको श्रोत उत्तरतिर ल्याउन निकै खर्चिलो रहेको बताउँदै सभामुख महराले उत्तरतिरको श्रोतको संरक्षणमा चनाखो हुन सबैलाई आग्रह गरे। 

सस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले पानीका मुहान संरक्षणका लागि मानवीय क्रियाकलापमा विषेश ध्यान दिन आवश्यक रहेको बताए। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.