छुमन्तर गरेर विकास हुँदैन : प्रधानमन्त्री ओली

छुमन्तर गरेर विकास हुँदैन : प्रधानमन्त्री ओली

सिरहा : प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको बाटोमा अगाडि बढेको बताएका छन्। शनिबार सिरहा सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

तत्कालीन एमाले सिरहाका नेता तथा पूर्वसांसद स्वर्गीय हेमनारायण यादवको १५ औँ स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ सरकारले काम अगाडि बढाएको उल्लेख गरे। 

व्यवहारिक रुपमा मुलुकको गरिबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको दाबी उनको छ।  

बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रमको लागि प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाइसकेको उनले जानकारी दिए। 
‘देश विकासको बाटोमा लागेको छ। यसमा परिणाम आउन केही समय लाग्छ। छुमन्तर गरेर विकास हुँदैन,’ प्रम ओलीले भने,‘केही सयममै विकास देखेर विपक्षी पनि छक्क पर्नेछ।’ 

सरकारले प्रत्येक युवालाई वर्षको कम्तिमा एक सय दिन रोजगार दिने, रोजगार दिन नसकेकालाई बेरोजगार भत्ता दिने निर्णय गरेको ओलीले प्रष्ट पारे। ओलीले भने,‘त्यसको लागि सरकारले प्रक्रिया अगाडी बढाएको छ।’    
 
सडकहरु फाराकिलो हुने कार्य, विमान स्थलबाट रात्रिकालिन सेवा सुरु भइरहेको प्रधानमन्त्री ओलीले सुनाए। ‘सरकार तिव्र गतिमा सबैकाम थालिसकेको छ, मेचीदेखि महाकालीसम्म चाँडै रेल गुडाउँछौं,’ उनले भने,‘हामीले रेल गुडाएको देखेपछि मजाक उडाउनेहरु छक्क पर्नेछ, तर अलिक धैर्य गर्नुहोस्।’ सरकारले गरेका कुनैपनि प्रतिबद्धता हावा नभएर जनताको सपना पूरा गर्ने अठोट भएको ओलीको दाबी छ। 

प्रधानमन्त्री ओलीले तराई–मधेस भएर बग्ने ठूल–ठूला नदी जस्तै कोशी–कमला डाईभर्सन लगायतका सिंचाईंका आयोजना कार्यान्वयन गर्न आवश्यक रहेको बताए। 

बढी उत्पादन हुने सिरहाका आँपलाई विश्व बजारसम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो। बजारमा नक्कली जुस, रसायन मिलाइएको जुस खानुभन्दा यहाँको आँपलाई विश्व बजारसम्म पुर्‍याउने गरी चिस्यान केन्द्र स्थापनाका लागि सरकार जुट्ने उनले सुनाए। आँपको विभिन्न परिकार बनाइ क्यानाडा, अमेरिका, अष्टे«लिया, रुस, खाडी मुलुकका मानिसले आँपको रुख नदेखेकोले यहाँको आँप बेच्ने गरी उत्पादनमा जोड दिनुपर्ने उनको तर्क थियो।

‘नेकपा मधेस विरोध छैन्,’ उनले जनसभाको उपस्थितिलाई अर्थयाउँदै भने, ‘यहाँ विपक्षीले नेकपालाई मधेस विरोधी भनेर अफवाह फैलाएका छन्, नेकपा मधेस विरोधी होइन भन्ने कुरा सिरहाको सभाले प्रमाणित गरेको छ।’

प्रधानमन्त्री ओलीले सबै नेपाली साक्षर बनाउनुपर्ने बताए। त्यही भएर सरकारले कोही बालबालिका विद्यालय बाहिर नरहोस् भनेर गत वर्षबाट विद्यालय भर्ना अभियानलाई तिव्रता दिएको उनले सुनाए। कार्यक्रममा प्रधानमन्त्री ओलीले आफैं गतवर्ष अभिभावकत्व ग्रहण गरेका बालबालिकालाई मञ्चमै बोलाएर भलाकुसारी गरेका थिए।

सोही कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री रघुबीर महासेठले प्रदेश २ मा सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत विषय समेटेर सरकारले विकासको विशेष प्याकेज ल्याएको स्पष्ट पारेका छन्। तराई–मधेसको लाइफ लाइन मानिने हुलाकी सडकको काम तिव्र रुपमा भइरहेको उनले जानकारी गराए। 

मधेसका जिल्लाको सदरमुकाम जोड्ने सडक ४ लेनको स्तरोन्नतिका लागि डिपिआर बनाउने कार्य तिव्र रुपमा अघि बढेको र सिरहामा मात्रै २५ वटा सडक बनाउने कार्य अघि बढाइएको मन्त्री महासेठले जानकारी दिए।

प्रधानमन्त्री ओलीले सिरहा सदरमुकाममै नेकपाको पार्टी कार्यालय र चन्द्र प्राविधिक माध्यमिक विद्यालय परिसरभित्र छात्रवास (होस्टल)को समेत शिल्यानाश गरेका छन्। ३ तल्लाको एक सय ५० विद्यार्थी बस्न सक्ने छात्रवास भवन निर्माणको लागि यो वर्ष ७० लाख रुपैयाँ छुट्याइएको छ। 
    
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.