प्रदेश-२ : सोनाम ल्होसारमा सार्वजनिक बिदा

प्रदेश-२ : सोनाम ल्होसारमा सार्वजनिक बिदा

सुवर्णपुर : प्रदेश २ को सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले सोनाम ल्होसारको दिन माघ २२ गते सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्। 

यसअघि संघीय सरकारले सोनाम ल्होसारको बिदा कटौती गरेपनि प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो। पर्साको ठोरी गाउँपालिका सुर्वणपुरको बाघमोर्चामा शनिबार आयोजित सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रममा बोल्दै राउतले ल्होसारमा बिदा दिने घोषणा गरेका हुन्। 

‘प्रदेश २ मा एक लाख १५ हजार तामाङ जातिको बसोबास छ’, मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ठोरी गाउँपालिकामा आएका  राउतले भने। ठोरी गाँउपालिकासँग आफ्नो विशेष लगाव र स्नेह रहेको भन्दै उनले ठोरीको विकास आफ्नो प्राथमिकतामा रहेको बताए।

‘ठोरी गाउँपालिको विकासका लागि आवश्यक पूर्वाधारको तथ्याङक दिनुहोस्’, मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले योजना ल्याउँछ।’ 

सोनाम ल्होसार बृहत सांस्कृतिक कार्यक्रम आयोजक समितिका अध्यक्ष तेउरे पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराई, प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाह, जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने, प्रदेशसभा सदस्य सिहासन साह कलवार, जन्नत अन्सारी, ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ, जगरनापुर गाउँपालिकका अध्यक्ष जालीम मिया, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कलवारलगायतको उपस्थिति थियो।

कार्यक्रममा ठोरीका पत्रकार प्रेम लामा सम्मानित भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.