इरानद्वारा लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण
तेहरान, इरान : इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको शनिबार जनाएको छ। एक हजार ३५० किलोमिटर टाढा हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताइएको छैन।
इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग मात्र भएको जनाएको छ।
“होभेइजेहबाट गरिएको क्षेप्यास्त्रले एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएकोले यो परीक्षण सफल भएको छ,” इरानी रक्षा मन्त्री अमिर हतामीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले जनाएको छ। टेलिभिजनले परीक्षणको दृश्यचित्रसमेत देखाएको थियो।
“इरानले शनिबार परीक्षण गरेका हतियार तयारका लागि छोटो समय मात्र लाग्ने र यो निकै होचो क्षेत्रमा पनि उड्ने क्षमता रहेका छ” उनले भने।
उनले लामो दूरीको हतियार आफ्नो सुरक्षाका लागि प्रयोग गरिने बताए।