ड्राइभिङ सिक्न सरकारी गाडीको दुरुपयोग

ड्राइभिङ सिक्न सरकारी गाडीको दुरुपयोग

दैलेख : शनिबारको दिन। बिहान करिब ८ बजेतिर काँडेचौरमा घाम ताप्दै थिए स्थानीय। चौरको बीचभागमा एउटा सेतो नम्बर प्लेटको स्कारपियो जिप यताउता गुडिरहेको थियो।

धेरै समय चौरमा सरकारी नम्बर प्लेटको जिप गुडिरहेको देखेपछि घाम ताप्दै गरेका स्थानीयले त्यस जिपबारे चासो दिन थाले। बिदाको दिन सरकारी गाडी धेरै समय चौरमा गुडिराखेको देखेपछि स्थानीयले महावु गाउँपालिकाको सरकारी जिप चौरमा सिक्न प्रयोग भइरहेको थाहा पाए।

महावु गाउँपालिकाले भर्खरै मात्र खरिद गरेको बा.२ झ ४१५३ नम्बरको जिप गाउँपालिकाकै कम्प्युटर अपरेटर राजेशकुमार हमालले सिक्न शनिबार प्रयोग गरेको खुलेको छ। गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले गाडी बिग्रिएका कारण ग्यारेजमा मर्मत गर्न लगिएको बताए पनि सिक्नका लागि दुरुपयोग गरिएको पाइएको हो।

उक्त गाडीको फोरह्विल भाँचिएको र ग्यारेजमा लगिएको अध्यक्ष शाहीको भनाइ छ। गाउँपालिकाले जिप खरिद गरेको महिना दिनमै मर्मत गर्न लैजानुपर्ने बताउँदै गर्दा सो जिप अत्यधिक दुरुपयोग भएको स्थानीय बताउँछन्।

त्यस्तै, नारायण नगरपालिकाले भर्खरै मात्र वडाध्यक्षको सुविधाका लागि खरिद गरेका ११ वटा मोटरसाइकलमध्ये अधिकांश दुरुपयोग भएको पाइएको छ। वडा नम्बर ११ को मोटरसाइकल स्थानीय एक विद्यालयका शिक्षकले चलाउँदै आएको भेटिने गरेको छ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले ती मोटरसाइकल सदुपयोग गर्न वडाध्यक्षलाई पटक–पटक निर्देशन दिँदादिँदै दुरुपयोग रोकिएको छैन। यी प्रतिनिधिमूलक घटना मात्रै हुन्। यस्तै, जिल्लाका अन्य सरकारी नम्बर प्लेटका गाडी पनि दुरुपयोग भइरहेका बेला सम्बन्धित निकायले चासो देखाएको छैन।

व्यक्तिगत सवारीसाधनलाई मात्र जरिवाना गर्नुपर्ने र सरकारी गाडी नरोकेर दौडाइहाल्ने गरेको ड्युटीमा खटिएका ट्राफिक प्रहरी गुनासो गर्छन्। नियमानुसार सार्वजनिक बिदा र शनिबारको दिन सरकारी गाडी रोक्ने निर्देशन भए पनि कार्यान्वयन गर्न कठिन भएको उनी बताउँछन्।

दैलेखका स्थानीय तहमा पछिल्लो समय कसले राम्रो गाडी खरिद गर्ने होडबाजी चलेसँगै ती गाडीको दुरुपयोग पनि बढ्दो क्रममा छ। जिल्लाका ११ वटा स्थानीय तहमध्ये अधिकांशले सवारीसाधन खरिद गरिसकेका छन्। ती सवारीसाधन सार्वजनिक बिदा र अन्य काममा पनि प्रयोग हुँदै आइरहेको स्थानीय गुनासो गर्छन्। नियमनकारी निकायले वास्ता नगरेका कारण सरकारी नम्बर प्लेटका सवारी साधनको दुरुपयोग बढ्दै गएको उनीहरूको भनाइ छ।

सार्वजनिक बिदा र शनिबारको दिन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीबाट पास लिएर मात्रै सरकारी सवारीसाधन चलाउन पाइने प्रावधान रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए। उनले भने, ‘सरकारी गाडी दुरुपयोग भएको पाइए पहिलो पटक दुरुपयोग नगर्न आग्रह गर्ने र पुनः दोस्रो पटक त्यसो गरेको पाइए गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइने प्रजिअ बास्कोटाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.