स्वर्ण विजेतालाई सम्मान
नेपालगञ्ज : मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई पुरस्कृत गरेको छ।
९ गोल्ड मेडल र एउटा इमेन्टको विजेता एथ्लेटिक्समा दुई स्वर्ण पदक विजेता यमसाजन सुनार (जाजरकोट), सुटिङ्गको समूह विजेता रहेको टोलीका सदस्य बाँकेका संयोगकृष्ण श्रेष्ठ र दाङका अर्नव घिमिरे र पवन घिमिरे, सुटिङ्गकै कृष्णा थापा (बाँके), भारत्तोलनका प्रकाश केसी (बाँके), उसुका दीपक हमाल (सुर्खेत), जुडोका सोनु भट्ट (बाँके), कुस्तिका रमेश न्यौपाने (बाँके) र टेनिशका मेघा श्रेष्ठ बाँकेलाई सम्मान गरिएको हो
७ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता साविक मध्यपश्चिम विकास क्षेत्रका खेलाडीलाई मध्यपश्चिम क्षेत्रीय विकास समितिले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको हो।
पदक विजेता खेलाडीसँगै प्रशिक्षक र जिल्ला खेलकुद विकास समितिलाई पनि सम्मानित गरिएको थियो। कार्यक्रममा प्रदेश सांसद कृष्ण केसी, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, राखेप सदस्य शान्ति सिंह, क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा लगायतले मन्तव्य राखेका थिए।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गरिएको प्रतिवद्धता अनुसार र ८ औं मा सहभागी खेलाडीको हौसला वृद्धिका लागि नगद पुरस्कारबाट सम्मानित गरिएको जानकारी दिए।