कर्मचारीको मिलेमतोमा सेयरमा जालसाजी

कर्मचारीको मिलेमतोमा सेयरमा जालसाजी

काठमाडौं : कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीको मिलेमतोमा ठमेलस्थित होटल ब्लू डायमन्ड प्रालिको सेयरमा जालसाजी भएको छ। होटल ब्लू डायमण्डका तत्कालीन अध्यक्ष रामभक्त डंगोलको सम्पूर्ण सेयर आमा बालकुमारी डंगोललाई बिक्री गरी दाखिला खारेज भइसकेको अवस्थामा कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीको मिलेमतोमा सेयरमा जालसाजी भएको हो। रामभक्त र उनका भाइ शिवराम सुवालले कर्मचारीसँग मिलेमतो गरी कम्पनी रजिस्ट्रार कार्यालयमा रहेको सम्पूर्ण सेयरको अभिलेख नष्ट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ।

उनीहरूले कार्यालयबाट पहिलाको सक्कली माइन्यूट झिकी नक्कली राखेको भन्ने उजुरीमा अनुसन्धान गर्दा होटलका सक्कल कागजातको सट्टा हस्ताक्षर छोपी फोटोकपी गरिएका कागजातका आधारमा एकको नाममा भएको होटल अर्काको नाममा नामसारी गरिदिएको अख्तियारको अनुसन्धानले देखाएको हो।

अनुसन्धानका क्रममा उक्त होटलमा रामभक्त डंगोलको सेयर आमा बालबुकारी डंगोलले खरिद गरी उनी अध्यक्ष भएका सबै प्रमाण सक्कल फाइलको अभिलेखमा फेरबदल गरिएको पुष्टि भएको हो।

आयोगले सरकारी अड्डामा रहेका कागजात अनाधिकृतरूपमा फेरबेदल गरी सक्कल कागजात नोक्सान गरेकामा सञ्चाउन र व्यवस्थापन गर्न कम्पनी रजिष्ट्रार कार्यालयलाई गत जेठ १३ गते निर्देशन दिएको थियो। उक्त पत्रका आधारमा कम्पनी रजिस्ट्रार कार्यालयले गत जेठ २१ गते होटल ब्लू डायमन्डलाई बालकुमारीको मृत्युपश्चात उनको नामको सेयरसमेत कम्पनीको नाममा हुने भन्दै सेयर मिलान गरी सेयर लगत पेस गर्न कम्पनी ऐन २०६३ को दफा १७८ बमोजिम निर्देशिन दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेयर जालसाजीमा सघाउने कम्पनी रजिस्ट्रार कार्यालयका तत्कालीन एवं बहालवाला कर्मचारीमाथि बयान सुरु गरेको छ।

प्रालिका तत्कालीन अध्यक्ष रामभक्त डंगोलले आफ्नो हकअधिकारको सेयर आमा बालकुमारी डंगोललाई २०३७ सालमा बिक्री गरेका थिए। बालकुमारीको मृत्युपछि उनको नाममा रहेको तीन सय कित्ता सेयर कम्पनीको नाममा हुनुपर्नेमा रामभक्त डंगोल, शिवराम सुवालले कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीको मिलेमतोमा बिक्री भइसकेको सेयरलगायत सक्कल माइन्यूट रामभक्त सुवालले झिकेको होटलका प्रबन्ध निर्देशक भक्तराम सुवालले बताए। उनले शिवरामले नक्कली माइन्यूट राखेको, अध्यक्ष बालकुमारी डंगोलको हस्ताक्षर छोपी अनाधिकृतरूपमा सञ्चाएको आरोप लगाए।

रामभक्त डंगोलले बालकुमारीको नाममा रहेको सेयर २०७२ कातिक २६ गते आफ्नै नाममा अभिलेख गराएका थिए। त्यसको तीन दिनपछि उनले २० कित्ता आफ्नै नाममा राखी बाँकी दुई सय ८० कित्ता सेयर शिवराम सुवालको नाममा दाखिला गरेका थिए। उक्त होटल २०३३ सालमा स्थापना भए पनि २०३६ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो।

भक्तराम सुवालले २०७३ जेठमा काठमाडौं जिल्ला अदालतमा शिवराम सुवाल र रामभक्त डंगोलविरुद्ध उजरी दर्ता गरेका थिए। उक्त मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेयर जालसाजीमा सघाउने कम्पनी रजिस्ट्रार कार्यालयका तत्कालीन एवं बहालवाला कर्मचारीमाथि बयान सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.