ब्राउन सुगरसहित महिला पक्राउ

ब्राउन सुगरसहित महिला पक्राउ

टीकापुर : कैलालीको लम्कीबाट ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय लम्कीले लम्की चुहा नगरपालिका-१ राजीपुरकी तारा शाहीलाई २३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। 

गुप्ताङ्गमा लुकाई भारतीय सीमाबाट लम्कीतर्फ जाँदै गर्दा ३४ वर्षीया शाहीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए। शाही केही समययता लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकाका आधारमा खानतलासी गर्दा उक्त परिमाणमा ब्राउन सुगरसहित पक्राउ गरिएको जोशीले बताए। 

शाही से.७प. २५५९ नम्बरको स्कुटीमा भारतीय सीमा बजार तिकुनियाँबाट लम्कीतर्फ जाँदै थिइन्। प्रहरीले उक्त स्कुटी समेत बरामद गरेको जनाएको छ। शाहीमाथि थप अनुसन्धान भइरहेको जोशीले बताए। 

पक्राउ परेकी शाही एक वर्षअघि मात्रै विदेशबाट नेपाल फर्किएकी थिइन्। प्रहरीका अनुसार झण्डै ८ वर्ष विदेश बसेकी शाही पछिल्लो समय लागुऔषधको ओसारपसारमा संलग्न थिइन्।  

परिवार नै लागुऔषध कारोवारी 

पक्राउ परेकी शाहीको परिवार नै लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीले २०७५ असार महिनामा ३१० मिलिग्राम ब्राउनसुगरसहित ६५ वर्षीय जलादेवी शाहीलाई पक्राउ गर्‍यो। शाही शनिबार पक्राउ परेकी तारा शाहीकी सासु रहेको जोशीले बताए।
 
'असारमा पक्राउ परेकी जलादेवी शाही आज पक्राउ परेकी तारा शाहीकी सासु पर्छिन्' प्रहरी निरीक्षक जोशीले भने, 'सासु पक्राउ परेपछि बुहारीले लागुऔषधको कारोवार सुरु गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।'

तारा शाहीका श्रीमान् सुनिल सिंहलाई इलाका प्रहरी कार्यालय लम्कीले २०७५ असोजमा लागुऔषध तौलिन प्रयोग गरिने डिजिटल तराजु, प्याकेजिङ्गका लागि तयार पारिएको पोकासहित पक्राउ गरेको थियो। 

'ताराका श्रीमान् सुनिल सिंह लागु औषधमा कारोवार गर्दै काठमाडौंबाट फरार रहेका अभियुक्त थिए,' जोशीले भने,' पक्राउ गरेर लागुऔषध नियन्त्रण व्यूरो काठमाडौंमा पठाएका छौं।'

जोशीका अनुसार शाहीको परिवार नै लागुऔषधको कारोवारमा संलग्न रहेको छ। सीमावर्ती भारतीय बजारबाट महिलाको गोप्य अंगमा लुकाई छिपाई लागुऔषध ओसारपसार गर्दै गरेको सूचना पहिले नै पाएको भए पनि प्रमाण फेला नपरेका कारण प्रहरीले पक्राउ गर्न सकेको थिएन्।

लागुऔषध बोकेर फर्किँदै गरेको सूचनाका आधारमा शाहीलाई प्रहरीले टीकापुरबाट पछ्याएको थियो।कैलालीमा पछिल्लो समय लागुऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको भए पनि लागुऔषधको ओसार पसारमा महिला र बालबालिकाको प्रयोग हुन थालेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.