कास्की-लमजुङ-गोरखा जोड्ने माउण्टेन बाइक रुट संचालनमा

कास्की-लमजुङ-गोरखा जोड्ने माउण्टेन बाइक रुट संचालनमा

बेसीशहर : कास्कीको पोखरादेखि लमजुङहुँदै गोरखा जोड्ने माउन्टेन बाइक रुट संचालनमा आएको छ। पोखरा-लमजुङ-गोरखा माउन्टेन बाइक रुट २ सय २५ किलोमिटरको छ। कास्की, लमजुङ र गोरखाका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको ठाउँलाई जोड्ने गरी उच्च पहाडी भेगमा माउन्टेन बाइक रुट संचालन गरिएको लमजुङ पर्यटन सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताए। सो सहकारीले नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा २ वर्ष अघि उक्त रुटको सर्भे गरेको थियो। 

पोखराबाट कास्कीको बेगनास तालबेंसीमा आएपछि उक्त रुट सुरु हुन्छ। ५ दिनको उक्त रुट तालबेंसीबाट लमजुङको भोर्लेटार, दुईपिप्ले, समीभञ्ज्याङ, जिता, नेटा, तुर्लुङकोट, पुरानोकोट, गाउँसहर, रानीकुवामा जोडिएको छ । बेंसीसहरको रानीकुवाबाट भोटेओडार, अर्चलबोट, श्रीमञ्ज्याङ, ओखरी, गौंडा, प्यारजुङ, राइनासकोट, धमिलिकुवा हुँदै गोरखाको ठाँटीपोखरी, लिगलिगकोट भएर गोरखा पुगी उक्त रुट सकिन्छ।

पहिलो दिन लमजुङको समीभञ्ज्याङ, दोस्रो दिन गाउँशहर, तेस्रो दिन गौंडा, चौथो दिन लिगलिगकोट र पाँचौ दिन गोरखा पुगिन्छ। यी ठाउँमा होटल तथा होमस्टे भएकाले पर्यटकलाई खानबस्न असुविधा नहुने श्रेष्ठले बताए। गोरखा पुगेपछि उक्त रुटबाटै फर्कने वा अन्यत्र जाने विकल्प पर्यटकलाई रहनेछ। 'यो रुटले होमस्टे गाउँहरुसँगै धार्मिक तथा साँस्कृतिक विविधतालाई समेटेको छ’, लमजुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘इशानेश्वर महादेव मन्दिर, खजेपार्क, सिँदुरेढुङ्गा, पुरानकोट गढी, गाउँशहर दरबार, उदिपुर कालिका, राइनासकोट, लिगलिगकोट, गोरखा कालिका सबै समेट्छ।'

लमजुङको भोटेओडारमा संचालित प्रथम भोटेओडार महोत्सवको अवसर पारेर उक्त रुट संचालनमा ल्याइएको हो। शुक्रबार भोटेओडारबाट निस्किएका नौ जना युवाले उक्त रुटको लमजुङ खण्डमा पर्ने पूर्वी भेगको यात्रा गरेका छन्। सन्तोष गुरुङको अगुवाईमा धु्रव गुरुङ, वृषमान घले, विष्णु गुरुङ, गणेश गुरुङ, विनोद अधिकारी, महेश श्रेष्ठ, विक्रम गुरुङ र गोरबहादुर (दावा) गुरुङ साईकल यात्रामा निस्किएका हुन्।

ट्रेलको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरेका थिए । सन् २०२२ सम्म प्रदेश सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखिएकाले लक्ष्य भेट्याउन यस्ता पर्यटकीय गतिविधि संचालन हुन आवश्यक रहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.