भत्किएको सात महिना बितिसक्दा पनि बनेन पुल

भत्किएको सात महिना बितिसक्दा पनि बनेन पुल

डडेल्धुरा : जिल्लाको भागेश्वर गाउँपालिका-४ डुङ्गरीदेखि अजयमेरु गाउँपालिकाको- ५ देवल दिव्यपुर जोड्ने सडक खण्डको सेरागाडमा निर्माणाधीन मोटरेबल भत्किएको पुल निर्माण कार्यमा सुस्त हुँदा स्थानीय आक्रोषित बनेका छन्। 

वर्षाका कारण साउन १० गते पुल भत्किएको थियो।साउनमा पुल भत्किएको भएपनि हालसम्म सामान्य काम पनि नसकिएको एक स्थानीयले बताए। पुल निर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रालिसँग ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालय कुलपाते दिपायलले जनाएको थियो।

भ्याटसहित कूल ५ करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो। २०७४ भदौ २४ गते ठेक्का अवधि सकिएपछि २०७५ भदौ ९ गते सम्म काम सक्ने गरी म्याद थप गरिएको भएपनि पुल नबन्दै भत्किएको थियो । तर अहिले छ सात महिना वितिसक्दा पनि पुल नबन्दा स्थानीय मर्कामा परेका छन्।

पुल भत्किएकै केही समय पछि निर्माणको काम सुरु गरेको तर सरसमान नआएकाले केही ढिलाई भएको हुनसक्ने डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जानकारी दिएको छ। अब केही समयभित्रै पुल निमार्णको कार्य सुरु हुने डिभिजन सडक कार्यालय डोटीका इन्जिनियर महानन्द जोशीले बताए।पुल भत्किएपछि निर्माण कम्पनीले झण्डै एक करोड बराबरको क्षति व्यहोर्नु परेको थियो।

पुल भत्किएसँगै आक्रोशित बनेका स्थानीयलाई शान्त पार्दै मंसिरसम्म पुलको पुनर्निर्माण गरिने जनाएपनि हालसम्म काम कारवाहीमा ढिलासुस्ती भइरहेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। ४० मिटर लम्बाई र ११ मिटर चौढाइ रहेको सो पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको स्थानीय बसन्ती पालले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.