स्ववियु निर्वाचनबारे नेविसंघ र अनेरास्ववियुको जुहारी

स्ववियु निर्वाचनबारे नेविसंघ र अनेरास्ववियुको जुहारी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनलाई आफ्नो पक्षमा पार्न अहिले विद्यार्थी संगठनहरु क्याम्पस केन्द्रित हुँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रस निकट विद्यार्थी संगठन नेविसंघबीच स्ववियु निर्वाचनबारे जुहारी चल्न थालेको छ । 

प्रमुख विद्यार्थी संगठन नेविसंघले स्ववियु निर्वाचन निर्धारित समयमा हुन नदिन सरकारले बखेडा झिक्न थालेको आरोप लगाएको भने अनेरास्ववियुले भने निर्वाचनबाट नेविसंघ भाग्न खोजेको जिकिर गरेको छ । अन्नपूर्ण मिडिया नेटवर्कसँग कुराकानी गदै नेविसंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीले  सरकार र प्रशासनले  स्ववियु निर्वाचन समयमै गर्न नचाहेको आरोप लगाएका छन् । 
उनले सानातिना कुरामा सरकार तथा प्रशासनले नेविसंघका कार्यकर्तामाथि कुटपिट गर्न थालेको आरोप लगाए । विश्वविद्यालय प्रशासन तथा सरकारले कम्युनिष्ट शैली तथा तरिकाबाट स्ववियु निर्वाचन भाँड्ने प्रपञ्च गरेको उनले आरोप लगाए । 
स्ववियु स्थापनामा नेविसंघको सबैभन्दा महत्वपूर्ण भूमिका भएको दाबी गदै उनले फागुन १४ गते तोकिएकै समयमा स्ववियु निर्वाचन हुनुपर्नेमा अधिकारीले जोड दिए । नेविसंघ चुनावबाट भाग्न खोजेको भन्ने आरोपको खण्डन गदै उनले चुनावप्रति आफू प्रतिबद्ध रहेको जिकिर गरे । 
अन्नपूर्ण मिडिया नेटवर्कसँगको कुराकानीमा सत्तारुढ नेकपाको महत्वपूर्ण विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सचिव आर.सी लामिछानेले भने चुनावबाट नेपाल विद्यार्थी संघ भाग्न खोजेको आरोप लगाएका छन् । उनले भने— ‘निर्वाचन मुखले भन्ने तर ब्यवहारमा हुन नदिने त होइन भन्ने आशंकालाई पुष्टी गर्ने हिसाबले नेविसंघ अगाढी बढेको छ ’। अघिल्लो बर्ष राजधानीकै महत्वपूर्ण क्याम्पसहरु जस्तै त्रिचन्द, पद्म कन्यालगायत उपत्यका बाहिरका क्याम्पसमा नेविसंघकै कारण चुनाव हुन नसकेको लामिछानेको तर्क छ । 
नेविसंघले ऐजेण्डा विहिन गतिविधि सडकमा गरेको उनले बताए । आफ्ना चुनाव केन्द्रित गतिविधि हरेक क्याम्पसमा सुरु गर्न लामिछानेले नेविसंघलाई सुझाव दिए ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.