चरेश र हतियारसहित चार पक्राउ

चरेश र हतियारसहित चार पक्राउ

वीरगन्ज :  प्रहरीले पर्साको सदरमुकाम वीरगन्ज र ग्रामीण भेगबाट गरी लागु पदार्थ चरेश र हतियारसहित चारजनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-११ रानिघाटबाट प्रहरीले चरेशसहित एक कारोबारीलाइ पक्राउ गरेको छ। रानीघाटका ५५ वर्षीय रामबालक प्रसाद बिनलाई ११ केजी चरेशसहित प्रहरीले पक्राउ गरेको हो।

रानीघाटस्थित आफ्नै घरमा चरेश खरिद बिक्री गर्दै आएका बिनलाई शनिबार राति पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। रानीघाटमा चरेश खरिद बिक्री भइरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको टोली पठायौं, प्रहरी नायव उपरीक्षक शर्माले भने, 'बिनको घर खानतलासी गर्दा घरको आगनमा बाँसले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा ११ केजी चरेश बरामद भएपछि उनलाई रङगेहात पक्राउ गरिएको हो।

यस्तै वीरगन्जको बाइपास सडकबाट पनि प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले बाईपासस्थित सडकमा पैदल हिंडिरहेका हेटौडा उपमहानगरपालिका १ भैरवडाँडा बस्ने इर्शाक ढुंगानालाई नाईट्रोभेट ट्याब्लेट  १ सय ५० पीससहित पक्राउ गरेको हो। 

यस्तै वीरगन्जको रजतजयन्ति चोकबाट पनि शनिवार राति प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ मुर्लीका ४५ वर्षीय शम्भुलाल मिया रहेका छन्।

उनको साथबाट नाइट्रोभेट ट्याब्लेट ३ सय ४५ पिस, डाइजेपाम ३ पिस, फेनारगन ३ पिस र नुर्फिन ३ पिस बरामद भएको प्रहरीले जनाएको छ। लागुऔषधसहित पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

बन्दुकसहित एक पक्राउ

यसैगरी पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ बाट प्रहरीले एयरगन र त्यसमा लाग्ने गोलीको छर्रासहित एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली- ४ का ३७ वर्षीय अर्जुन राउतलाई एयरगन बन्दुक एक थान र त्यसमा लाग्ने गोलीको छर्रा १७ थानसहित पक्राउ गरेको हो।

हतियारसहित पक्राउ परेका राउत विरुद्ध हातहतियार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अनन्त राम शर्माले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.