वर्षाका कारण रोकिएको नेपाल र यूएईको खेल १० ओभरमा छोट्याइयो

वर्षाका कारण रोकिएको नेपाल र यूएईको खेल १० ओभरमा छोट्याइयो

काठमाडौं : टीट्‍वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्‍स (यूएई)बीचको तेस्रो खेल वर्षाका कारण निर्धारित समयभन्दा ढिला गरी सुरु भएको छ। २० ओभरको खेल १० ओभरमा झारिएको छ। 

निर्धारित समयभन्दा अढाइ घण्टा ढिलागरी खेल सुरु भएको हो। यूईले टस जितेर फिल्ड रोजेको छ। ओसिलो मैदानमा नेपालले पहिला ब्याटिङ  गरिरहेकाे छ । कप्तान पारस खड्का र पवन शरार्फ क्रिजमा छन् । 

वर्षाका कारण दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा २ : ३० मा हुने भनिएको खेल अवरुद्ध भएको थियो। 

अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक-एक खेल जितेकाले शृंखला १-१ को बराबरीमा छ। शृंखला जित्न दुवै टोलीलाई यो खेल पनि जित्नु आवश्यक छ। पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेल नेपालले चार विकेटले जित्दै शृंखला बराबरी गरेको थियो।

यसअघि यूएईविरुद्धको एकदिवसीय शृंखला २-१ ले जितेको नेपालले आइतबार हुने तेस्रो तथा निर्णायक खेलसँगै टीट्‍वेन्टी शृंखलासमेत जित्ने योजना बनाएको छ।

नेपालसामु अन्तिम टीट्‍वेन्टी खेल जित्दै केही ऐतिहासिक उपलब्धि हात पार्ने अवसर रहेको छ। नेपालले सन् २०१४ को टीट्‍वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्‍वेन्टी टोलीको मान्यता पाएको थियो। सो अवसरमा नेपालले दुई टीट्‍वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको थियो।

नेदरल्यान्ड्ससँगको शृंखला नेपालले ३-१ र वर्षाका कारण तीनमध्ये अन्तिम खेल मात्रै सम्भव हुँदा हङकङसँगको शृंखला १-० ले गुमाएको थियो। त्यसैले आइतबारको अन्तिम खेल पनि जितेको अवस्थामा नेपालले अर्को ऐतिहासिक उपलब्धि हात पार्ने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.