सन्दीप लामिछानेले लिए तेस्रो विकेट
काठमाडौं : यूएईलाई १०५ रनको चुनौती दिएको नेपालले खराब बलिङ गरेको छ । नेपालका लागि सन्दीप लामिछानेले ५.३ ओभरमा तेस्रो विकेट लिएका छन् । उनले यूएईका मोहमद उसमानलाई ३ बल खेल्दा दुई रनमै आउट गरेका हुन् ।
४.४ ओभरमा नेपालका लागि अविनाश बोहोराले दोस्रो विकेट लिए ।
पहिलो विकेट नेपालका लागि सोमपाल कामीले लिएका थिए । सोमपालले दोस्रो ओभरको अन्तिम बलमा युएईका आस्फाक अहमदलाई क्याच आउट गराए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १० ओभर खेल्दै आठ विकेटको क्षतिमा १०४ रन बनाएको थियो ।
टीट्वान्टी शृङ्खला अन्तर्गतको तेस्रो खेल वर्षाका कारण १० ओभरमा झारिएको थियो। नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २९ रन बनाए भने सन्दीप जोराले ११ बलमा २८ रन बनाए। जोरा पाँचौ विकेटको रुपमा ८.३ ओभरमा बाहिरिए ।
खराब सुरुवात गरे पनि कप्तान पारस र सन्दीपले ब्याटिङ सम्हालेका हुन्। कप्तान खड्का पाँचौ ओभरको अन्तिम बलमा आउट भए। १४ बल खेलेका पारसले एक छक्का र चार चौकाको मद्दतमा २९ रन बनाएका हुन् ।
पहिलो, दोस्रो र तेस्रो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी आउट भए। पवन ०.४ ओभरमा आउट भए भने २.३ ओभरमा बाहिरिए। त्यैगरी तेस्रो ओभरको रुपमा दीपेन्द्रसिंह ऐरी ३.३ ओभरमा आउट भएका हुन्।
ज्ञानेन्द्रले ९ बलमा ११ रन बनाए। ऐरी ३ बलमा २ रन बनाएर आउट भए भने शरार्फ ४ बल खेल्दा शून्य रनमै आउट भए। छैटौं विकेटको रुपमा करण केसी पाँच बलमा १० रन बनाएर आउट भए । बिनोद साताै विकेटकाे रुपमा १३ बलमा २१ रन बनाएर आउट भए । आठाै विकेटकाे रुपमा सोमपाल कामी शून्य रनमै आउट भए ।
निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।