सडकमै भासियो ट्रक, बालकको मृत्यु

सडकमै भासियो ट्रक, बालकको मृत्यु

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको ककनीमा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिकाको काउलेथाना नजिकै भएको मिनिट्रक दुर्घटनामा स्थानीय एक बालकको ज्यान गएको हो। घटनामा चार जना घाइते भएका छन्।

ककनी गाउँपालिका–१ महालक्ष्मीस्थानबाट काउलेथानातर्फ जाँदै गरेको बा ४ ख ३७२८ नम्बरको मिनिट्रक कच्ची सडकबाट तल खसेर दुर्घटना हुँदा ककनी गाउँपालिका– १ का ६ वर्षीय हेमन बलामीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए। गम्भीर घाइते बालकलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो।

दुर्घटनामा सोही स्थानका ११ वर्षीय अभिषेक बलामी, १० वर्षीय शक्ति बलामी, २७ वर्षीय अमर बलामी र २५ वर्षीया विनुदेवी बलामी घाइते भएका छन्। उनीहरुको काठमाडौँ धापासिस्थित ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ। 

मिनिट्रक सडक भासिएर एकसय मिटर तल खसेको थियो। चालक ककनी–१ कै शंकर बलामी फरार रहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.