भक्तपुरको डोलेश्वर मन्दिर निर्माण तीव्र

भक्तपुरको डोलेश्वर मन्दिर निर्माण तीव्र

भक्तपुर : भारतको उत्तराखण्डस्थित केदारनाथको शीर घोषणा गरिएको डोलेश्वर महादेव मन्दिरमा समितिको नेतृत्वमा करिब ५७ करोड रुपैयाँको गुरुयोजना तयार गरी विभिन्न भौतिक संरचना निर्माण अघि बढेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित हाल करिब पाँच करोड लागतमा डोलेश्वर महादेवको मूल मन्दिर निर्माण भइरहेको हो । त्यसको लागि संखुवासभाको चैनपुर निवासी कृष्णगोपाल श्रेष्ठको परिवारले पाँच करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । जसअनुसार दुई करोड रुपैयाँको काम भइसकेको सचिव थापाले बताए ।

मन्दिरको चौघेरा सत्तलको ढलान भइसकेको छ । त्यस्तै धर्मशाला एवं समितिका सचिवालय भवन पनि निर्माण भइरहेको छ ।

यसैबीच डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा बालहरि चालिसे चुनिएका छन् । समितिको शनिबार राति सकिएको दशौं वार्षिक साधारणसभाले चालिसेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो । जसअनुसार समितिको वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतू, उपाध्यक्षमा मोहन गिरी, महिला उपाध्यक्षमा निर्मला सञ्जेल, महासचिवमा धर्मराज बस्नेत, सचिवद्वयमा विश्वराम थापा र हरिशरण बस्नेत, कोषाध्यक्षमा मोहन बल्ल तथा सह–कोषाध्यक्षमा दिलीप केसी निर्विरोध निर्वाचित भए ।

आठ सदस्यहरु भने निर्वाचनमार्फत चुनिएका छन् । विधानअनुसार आठ सदस्य निर्वाचित हुनुपर्नेमा २० जनाले उम्मेदवारी दिए । सदस्यहरुको
निर्वाचन भएकाले परिणाम शनिबार अबेरमात्रै घोषणा गरिएको थियो ।

निर्वाचन परिणामअनुसार कविराम थापा, राजनकाजी त्वाती, गीता थापा, विनोद भट्टराई, सुनिता थापा, मुकुन्द शर्मा, केदारप्रसाद उपाध्याय र दीपक बस्नेत बढी मत ल्याएर निर्वाचित हुन सफल भए ।

समितिका नवनिर्वाचित सचिव विश्वराम थापाका अनुसार समितिका दुई हजार नौसय ८१ आजीवन सदस्य छन् । जुन मतदान गर्न योग्य छन् तर शनिबार भएको निर्वाचनमा एकहजार एकसय २१ जानले मात्रै मतदान गरे । जसमा ३४ मत बदर भएको सचिव थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.