थ्रीस्टारलाई स्तब्ध पार्दै एपीएफ सेमिफाइनलमा

थ्रीस्टारलाई स्तब्ध पार्दै एपीएफ सेमिफाइनलमा

पोखरा : खेल सुरु भएको २६ सेकेण्डमै सन्तोष श्रेष्ठले गरेको एक मात्र गोलको मद्दतले सशस्त्र प्रहरीको एपीएफ क्लवले थ्रीस्टार क्लबलाई पन्छाउँदै पोखरामा जारी मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

श्रेष्ठले प्रतियोगिताकै कम समयमा गोल गर्दै थ्रीस्टारलाई सुरुमै सरपाइज मात्र दिएन दबाबमा समेत पारेको थियो ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्दै एपीएफ पोखरा कप प्रतियोगितामा पहिलो सेमिफाइनलमा प्रवेश गर्ने टीम बनेको छ । राजिव लोप्चनले दिएको पासलाई उपयोग गर्दै श्रेष्ठले डिबक्सभित्रबाट सेकेन्डबार च्याप्दै प्रहार गरेको बल बिपक्षी गोलरक्षक एलन न्यापानेको हातमा टच हुँदै जाली चुमेको थियो । 

उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको थियो । थ्रीस्टार क्लब भने वाई पाएर सिधै क्वाटरफाईनलमा एपीएफ सँग भेट गरेको हो । 

एक गोलले पछि परेको थ्रीस्टारका लागि खेलको पाँचौं मिनेटमा सुनिल बलले प्रहार गरेको बल खेर गएको थियो । यसै गरी खेलको ४८ औं मिनेटमा बुद्धराज लिम्बुले सेकेण्डबार च्याप्दै हानेको बल बारमा लागेर बाहिरिएको थियो । 

यसैगरी खेलको ५९ औं मिनेटमा रञ्जिन धिमालले प्रहार गरेको बलले पनि खेर गएको थियो । थ्रीस्टारले खेलका अन्तिम समयमा पाएका केही राम्रा अवसर पनि खेर फालेको थियो । 

एपीएफले पनि गोल थप्ने केही अवसर खेर फालेको थियो । खेलको २६ औं मिनेटमा सशस्त्रका राजीव लोप्चनले हानेको प्रहार सेकेण्ड बार नजिकैबाट बाहिरिएको थियो । यसैगरी खेलको ५७ औं मिनेटमा लोप्चनले नै हानेको बल बिपक्षि गोलरक्षकले बचाउ गरे । खेलमा ‘म्यान अफ दि म्याच’ को पुरस्कार सशस्त्र प्रहरीका डिफेन्स रमेश दंगालले पाए ।

खेलपछि प्रतिक्रिया दिदै थ्रीस्टार क्लबका प्रशिक्षक खेलको पहिलो मिनेटमै सरप्राइज गोल खाएपछि दबाबमा परेको सुनाए । विपक्षीको सुरुवाती अग्रतापछि रोक्ने रणनीति सफल भएको उनले बताए । 

आफ्ना खेलाडीले पाएका केही अवसर सदुपयोग गर्न नसकेको उनकाे भनाइ छ । एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले आफ्नो रणनीतिअनुसार खेल्दा सफलता मिलेको बताए ।

पहिलो मिनेटमै भएको गोललाई सरप्राइज गोल भन्दै त्यसपछि विपक्षीलाई रोक्ने रणनीति सफल भएको पसन सुनाए । जारी पोखरा कप अन्तर्गत भाेलिको खेल क्यारुनको डफिन्स टिम फेमिली र विभागीय टीम त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.