बैंकमा पालो कुर्दै गर्दा ढलेर मृत्यु
स्याङ्जा : पेन्सनका लागि आइतबार नेपाल बैंक लिमिटेड स्याङ्जामा पालो कुरेर लाइनमा बसेका एक व्यक्ति अचानक ढलेर निधन भएको छ । आफना साहिला छोरासंगै पेन्सन बुझ्नका लागि स्याङजाको चापाकोट नगरपालिका २ निवासी ७५ बर्षिय हेमराज अर्याल बैंक आएका थिए ।
पेन्सन बुझ्नका लागि आफनो पालो कुरेर उभिरहेका बेला अर्याल अचानक ढलेपछि उनलाई जिल्ला अस्पताल पु¥याउदा मृत्यु भैसकेको र पोष्टमार्टमपछि उनका साहिला छोरा कृष्णकान्त अर्याललाई शव बुझाएको पनि प्रहरी निरीक्षक सिंहले बताए ।