तिब्बतको कुल गार्हस्थ्य उत्पादन २०.८४ अर्ब अमेरिकी डलर

तिब्बतको कुल गार्हस्थ्य उत्पादन २०.८४ अर्ब अमेरिकी डलर

चीन : सन् २०१८ मा चीनको तिब्बतको कूल गार्हस्थ्य उत्पादन (जीडिपी) दश प्रतिशतको वृद्धिसँगै २०.८४ अर्ब अमेरिकी डलर पुगेको छ। योसँगै तिब्बत स्वायत्त प्रदेशले लगातार २६ वर्षसम्म दोहोरोअंककोवृद्धिलाई कायम राखेको छ।

साथै तिब्बतले राष्ट्रव्यापी आर्थिकमन्दीको अवस्थामा पनि दोहोरो अंकको वृद्धिहासिल गरेको छ। राष्ट्रिय जीडिपी ६.६ प्रतिशत रहेको अवस्थामा पनि तिब्बतले पूर्वाधारनिर्माणर पर्यटन क्षेत्रबाट यस्तो उपलब्धि हासिल गरेको छ।तिब्बतले सन् २०१९ सरकारी कार्य प्रतिवेदन बुधबार जारी गरेको हो।

नेपालसँग सिमाना जोडिएको तिब्बतको ल्हासादेखि काठमाण्डुसम्मको दूरि झण्डै ७५० किलोमिटर छ। उक्त स्थानीय सरकारी कार्यप्रतिवेदन अनुसार तिब्ब्तले यस वर्ष वैदेशिक व्यापारलाई १० प्रतिशतभन्दा बढी र बेल्ट एण्ड रोड ईनिसिएटिभअन्तर्गत सीमा व्यापारलाई ३० प्रतिशतभन्दा बढी बढाउने लक्ष्य राखेको छ।

प्रतिवेदनअनुसार दक्षिण एशियाका लागि बाटो खोल्न नेपालसँग पूर्वाधार निर्माणको कनेक्टिविटीको सुधार गर्नेछ। सन् २०१८ मा इकोनोमिक फोरम अन ट्रान्स-हिमालयन कोअपरेसन र १६औं चीनको तिब्बत-नेपाल व्यापार सम्मेलन सम्पन्न भएको थियो।

तिब्बतले सन् २०१० को २३०० चिनियाँ युआन प्रतिव्यक्ति आय मापदण्ड अनुसार एक लाख ८० हजार गरिब जनताको उत्थान् गरिसकेको छ भने यस वर्ष बाँकी एक लाख ५० हजार गरिब जनतालाई गरिबीबाट मुक्त गर्ने लक्ष्य राखेको छ। साथै यो साल (मार्च १०) तिब्बत स्वायत्त प्रदेशको लोकतान्त्रिक सुधारको ६०औं वार्षिकोत्सव हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.