सर्लाहीको मदरसामा पुनः झडप

सर्लाहीको मदरसामा पुनः झडप

मलंगवा : सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरको रिजबिया हिदातुल मुस्लमिन मदरसामा हिसाब नमिलेको विवादमा पुनः झडप भएको छ। शनिबार भएको विवाद नमिलेर आइतबार पनि झडप भएको हो। झडपमा परी एक जना घाइते भएका छन्। 

वार्षिक हिसाब सार्वजनिक गर्न बोलाइएको छलफलमा कारोवार पारदर्शी नभएको भन्दै  झडप भएको थियो। झडपमा शनिबार स्थानीय ४८ वर्षका मोहमद रेजा र ४५ वर्षका सेख सहिद दुलाल घाइते भएका थिए। 

आइतबार साँझ पुनः झडप भएपछि मोहम्मद फारुक घाइते भएका छन्। फारुकको टाउको फुटेको छ। उनको उपचार सर्लाही अस्पतालमा भइरहेको छ। फारुकलाई विपक्षीले प्रहार गरेको ईट्टाले टाउकोमा लागेको थियो।

झडप अहिले नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिएका छन्। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.