बराबरीमा रोकिएको बार्सिलोनालाई राहत, ६ अंकको अग्रता

बराबरीमा रोकिएको बार्सिलोनालाई राहत, ६ अंकको अग्रता

एजेन्सी : स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनालाई पछ्याइरहेको एथ्लेटिको मड्रिड पराजित भएको छ । आइतबारको खेलमा एथ्लेटिको मड्रिड रियल बेटिससँग १–० ले पराजित भएपछि बार्सिलोना दबाब मुक्त भएको हो। 

बार्सिलोना शनिबार भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएपछि एथ्लेटिको मड्रिडलाई अंक दूरी छोट्याई उपाधि होडलाई सहज बनाउने अवसर थियो। 

बेटिसको घरेलु मैदानमा भएको खेल निकै पतिस्पर्धात्मक भयो । रियल बेटिसले ६५ औं मिनेटमा पेनाल्टीको अवसर पायो । पेनाल्टीलाई  सर्जिओ क्यनालेजले गोलमा परिणत गरे । यही नै खेलको निर्णायक गोल बन्यो। 

हारपछि पनि दोस्रो स्थनमा यथावत रहेको एथ्लेटिको मड्रिडको ४४ अंक छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ५० अंक छ । दुवैले समान २२ खेल खेलेका छन् । 

भ्यालेन्सियासँग बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना मध्यमटोली भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । आइतबार विहान भएको खेलमा बार्सिलोनालाई भ्यालेन्सियाले २–२ गोलको बराबरीमा रोकेको हो । घरेलु मैदानमा खेलिएको निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोना सुरुमा पछि परेर पनि खेलमा फर्किएको थियो । बार्सिलोनाको बराबरीमा कप्तान लियोनल मेसी नायक बने ।

बार्सिलोनाको बराबरीमा दुवै गोल मेसीले गरेका थिए । भ्यालेन्सियाका लागि केभिन गेमेरियो र ड्यानियल परेजोले गोल गरे । केभिनले २४औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई सुरुआती अग्रता दिलाए । ३२औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी गोलमार्फत अग्रता दोब्बर बनायो । बार्सिलोनाका सर्जी रोबर्टाेले डीबक्सभित्र ड्यानियल वासलाई लडाएपछि भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो । उक्त मौकालाई परेजोले सदुपयोग गरे ।

भ्यालेन्सियाको लगातार गोलपछि आक्रामक देखिएको बार्सिलोनाले ३९औं मिनेटमा पहिलो गोल फर्काएको थियो । ३९औं मिनेटमा लियोनेल मेसीले पेनाल्टीमार्फत पहिलो गोल गरे । मेसीले ६४औं मिनेटमा आर्टुरो भिडालको पासमा उत्कृष्ट अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै बार्सिलोनाको २२ खेलबाट ५० अंक पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.