रियलमा जम्दै १८ वर्षीय ब्राजिलियन भिन्सियस

रियलमा जम्दै १८ वर्षीय ब्राजिलियन भिन्सियस

म्याड्रिड  : स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा रियल म्याड्रिडले डेपोर्टिभो आल्भेसमाथि ३-० गोलको सजिलो जित हात पारेको छ। यो जितले यसै साता खेलिने ‘एल क्लासिको’ का लागि रियल म्याड्रिडको हौसला पनि बढाएको छ। 

रियल म्याड्रिडले आगामी बुधबार आफ्नो चिर प्रतिद्वन्द्वी बार्सिलोनासँग कोपा डेल रेको सेमिफाइनलको पहिलो लेग खेल खेल्दैछ। घरेलु मैदानमा खेलिएको डेपोर्टिभो आल्भेसविरुद्घको खेलमा रियलका लागि १८ वर्षीय किशोर भिन्सियस जुनियरले पनि एक गोल गरे।

ब्राजिलियन खेलाडी भिन्सियसलाई रियलको नयाँ प्रतिभाका रुपमा हेरिएको छ। उनी ब्रालियन यू-२० राष्ट्रिय टोलीका खेलाडी हुन्। खेल सुरु भएको ३०औं मिनेटमा रियलका लागि अनुभवी खेलाडी करिम बेन्जेमाले पहिलो गोल गरेका थिए।

बेन्जेमाले रियलका लागि पछिल्ला चार खेलमा गरेको यो छैटौं गोल हो। ८०औं मिनेटमा भिन्सियसले टोलीको अग्रता दोब्बर बनाएका थिए। भिन्सियसले ला लिगामा रियलका लागि गरेको यो पहिलो गोल हो। उनी केही समयअघि मात्र रियलमा आबद्ध भएका हुन्।

निर्धारित समयको खेल सकिनुभन्दा ठिकअघि रियलका लागि मारियानो डियाजले हेडमार्फत तेस्रो गोल थपेका थिए। स्पेनिस ला लिगामा २२औं चरणको खेलको समाप्तिपछि रियल ४२ अंकसहित तेस्रो स्थानमा छ। तालिकाको पहिलो स्थानमा आसिन बार्सिलोनाको ५० अंक छ।

दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको भने ४४ अंक छ। एट्लेटिको म्याड्रिड आफ्नो पछिल्लो खेलमा रियल बेटिससँग उसैको मैदानमा १-० गोलले परजित भयो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.