मेयर थापा विरुद्धको रिट खारेज

मेयर थापा विरुद्धको रिट खारेज

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा विरुद्ध परेको रिट उच्च अदालत दिपायलको इजलास महेन्द्रनगरले खारेज गरेको छ।अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रीट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गंगाराम पाध्यायले जानकारी दिए।

निवेदकले उल्लेख गरेका कुराहरुको प्रमाण नपुगेकाले रिट खारेज भएको अदालत श्रोतले जनाएको । २०७४ असार १४ गते भएको निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै थापा विरुद्ध राप्रपाका उम्मेद्वार पुष्करराज जोशी लख्खाभाईले उच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले मतगणना प्रक्रियागत भएको, मुचुल्का तथ्यका आधारमा भएको र निर्वाचन ऐन २०७३ को दफा ५२ अनुसार रिट निवेदनको रित नपुगेको भन्दै मुद्दा खारेज भएको हो। दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले निर्वाचनमा ३ हजार ७६२ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दी पुष्करराज जोशी लख्खाभाइले ३ हजार ७ सय मत पाएका थिए।जोशीले थापा विरुद्ध २०७४ असार २० गते मुद्दा दायर गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.