कुम्भ मेलामा ईन्जिनियरदेखि एमबीए पढेका हजाराैं युवा नांगा साधु बन्दै
काठमाडौं : भारतीय युवाहरु नांगा साधु बन्ने ध्याउन्नमा लागेका छन् भन्ने उदाहरण कुम्भ मेलामा देखिन्छ । उत्तर प्रदेशको इलाहावादमा लागेको कुम्भ मेलामा आफ्ना इच्छा पूरा गर्न भन्दै १० हजार भन्दा बढी ईन्जिनियरिङ र एमबीए पढ्दै गरेका युवाहरु करिअर छोडेरै नांगा साधु बन्न दीक्षा लिइरहेका छन्।
नांगा साधु बन्नेमा ईन्जिनियरदेखि एमबीए गरेका कलेजका टपर विद्यार्थी समेत यहाँ सहभागी छन् ।
टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार ईन्जिनियरिङ डिप्लोमाका विद्यार्थी रजत, युक्रेनका म्यानेजमेन्टका विद्यार्थी शम्भु र प्लस टु परीक्षामा प्रथम भएका घनश्यामलगायतका युवाहरु साधु बन्न दिक्षा लिइरहेका छन्। यी विद्यार्थी त उदाहरण मात्रै हुन्। नांगा साधु बन्नका लागि कुम्भ मेलामा युवाहरुको घुइँचो नै लागेको छ।