नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि माउन्टलाई

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि माउन्टलाई

बेनी : बेनी नगरपालिकाको आयोजनामा सामेबार सम्पन्न प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि माउन्ट एभरेष्ट आवासीय मावि बेनीले जितेको छ। बिजेता माउन्ट एभरेष्टले विभिन्न विधामा १९ स्वर्ण, ३ रजत र १३ वटा कास्य तथा उपविजेता न्यू वेष्ट पोइन्ट आवासीय माविले १० वटा स्वर्ण, १५ वटा रजत र १२ वटा कास्य पदक जितेको छ। 

तेस्रो स्थानमा रहेको प्रकाश माविले ६ वटा स्वर्ण, १० वटा रजत र १ वटा कास्य पदक हात पारेको छ। बिहीबारदेखि सुरु भएको प्रतियोगितामा २२ वटा विद्यालय तथा शैक्षिक संस्थाले सहभागिता जनाएका थिए। 

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र सहित क्रमश नगद पचास हजार, ३५ हजार र बीस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका पतियोगिताका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए।  

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले पुरस्कार वितरण गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.