'वाइडबडी' बोकेर रत्नपार्कमा कांग्रेसको प्रदर्शन

'वाइडबडी' बोकेर रत्नपार्कमा कांग्रेसको प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा नेतृत्वको सरकारविरुद्ध सोमबार देशैभर प्रदर्शन गरेको छ। नेपाली कांग्रेस काठमाडौँ समितिले रत्नपार्कको शान्तिबाटिकामा वाइडबडी जहाजको डमी बोकेर प्रदर्शन गरेको हो । 

कांग्रेस नेता प्रकाशमान सिंहको अगुवाइमा भएको विरोध कार्यक्रममा वाइडबडीका भ्रष्टाचारीलाई कारबाही, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही र ३३ किलो सुनकाण्डका गिरोहलाई कारबाही माग गर्दै शान्तिवाटिकामा विशाल प्रदर्शन गरेको हो ।

भ्रष्टाचार र विभिन्न आपाराधिक गतिविधिमा सरकार नै मुछिएको भन्दै कांग्रेस कार्यकर्ताहरुले कार्टुन, चित्र र प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले 'प्रधानमन्त्री ओलीजी ! वाइडबडी काण्ड कता हरायो ?', 'भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो' नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

काठमाडौंको प्रदर्शनमा पूर्व महामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुले सम्बोधन गरेका हुन् । नेता सिंहले नेकपा सरकार अलोकतान्त्रिक बाटोमा तानाशाही शैलीले अघि बढेको आरोप लगाए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.