सुनका गहना सफा गरिदिन्छु भन्दै लुट्ने भारतीय पक्राउ

सुनका गहना सफा गरिदिन्छु भन्दै लुट्ने भारतीय  पक्राउ

बेसीशहर : लमजुङको सुन्दरबजार नगरपालिका-७ कटहरबोटमा गहना तथा भाडाकुडा सफा गरिदिन्छु भन्दै गहना चोरी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई प्रक्राउ गरेको छ।

भारत गोडु विश्वासखानी थाना घर भएका ३२ वर्षीय हजारी साह प्रक्राउ परेका छन्। २ भारतीय नागरिक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सुन्दरबजार पोखरेल टोलकी राधिका मिश्रलाई गहना सफा गरिदिन्छु भनि हातमा केमिकलजस्तो चीज राखि लठ्याइ गलामा लगाएको डेढ लोता सुनको सिक्री तानेर भारतीय नागरिक भागेका थिए।

सुन चोरेर भारतीय नागरिक फरार भएको खबर पाउनासाथ गएको इलाका प्रहरी कार्यालय भोटेओडारको टोलीले साहलाई प्रक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको छ। साहलाई गत मंगलबार जिल्ला अदालतवाट चोरी तथा डाकासम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए।

प्रक्राउ परेका साहको साथबाट गरगहना सफा गर्ने सामान र धातुको नक्कली सिक्रीको पोका फोला परेको प्रहरीले जनाएको छ। केही समय अगाडिदेखि विभिन्न भागमा सुनका गहना सफा गर्ने बहानामा चोरी गर्नेरुको बिगबिग बढेको भन्दै सचेत रहन प्रहरीले सर्वसाधरणलाई आग्रह समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.