हिमपातले अवरुद्ध सडक केही दिनमै संचालनमा आउने

हिमपातले अवरुद्ध सडक केही दिनमै संचालनमा आउने

मुगु : दुई साता अघिको भारी हिमपातले अवरुद्ध भएको नाग्मा गमगढी सडक खण्डमा सडक डिभिजन कार्यालय जुम्लाले हिउँ पन्छ्याउने काम सुरु गरेको छ। हिमपातले अवरुद्ध सडक केही दिनमै संचालनमा आउने डिभिजनले जनाएको हो। 

माघ ८ गते राति दुई बजेदेखि लगतार एक हप्ता सम्म परेको भारी हिमपातले सदरमुकाम गमगढी जोडने नाग्मा गमगढी सडक खण्ड अन्तर्गतको जुम्ला जिल्लाको गोठी ज्युलादेखि मुगुको पिनासम्मको सडक हिमपातले अवरुद्ध भएको थियो। बन्द भएको सडकमा हिउँ पन्छ्याउन डोजर प्रयोग गरिएको छ। 

हिमपातले  दुई हप्तासम्म सडक अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी उमा कान्त अधिकारीका अनुसार सडक डिभिजन कार्यालय जुम्लासँग समन्वयगरी गोठी ज्युलाबाट एक थान डोजर ल्याइएको हो। मुगुका ब्यावसायीहरुको डोजर प्रयोग गरेर छाँयानाथ रारा नगरपालिका–७ को झाडलाउलाबाट पनि  हिउँ पन्छ्याउने काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.