सरकारविरुद्ध लमजुङमा कांग्रेसको प्रदर्शन

सरकारविरुद्ध लमजुङमा कांग्रेसको प्रदर्शन

लमजुङ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताले सोमबार नेकपाको सरकारविरुद्ध लमजुङमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार सोमबार सदरमुकाम बेसीशहरमा प्रदर्शन गरिएको बताइएको छ ।

कांग्रेस लमजुङले अहिलेको सरकार निरंकुश भएको भन्दै चर्को नाराबाजी सहित प्रदर्शन गरेको थियो । विरोध प्रर्दशनमा जिल्लाका विभिन्न स्थानबाट कांग्रेस नेता तथा कार्यकर्ताहरु सदरमुकाम आएका थिए । बेसीशहरको मनाङे चौताराबाट सुरु भएको विरोध ¥याली सेरा चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रर्दशनकारीले ‘नालायक सरकार मुर्दावाद् !’, ‘निर्मला पन्तलाई न्याय देऊ’, ‘केपी सरकार मुर्दावाद्’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए । ¥यालीमा कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, व्यवसायी आदि सहभागी थिए ।

कोणसभालाई नेका लमजुङका सभापति भेषबहादुर पौडेल, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सभापतिद्वय शंकरकान्त जोशी र कृष्ण कोइरालाले सम्बोधन गरेका थिए ।

उनीहरुले मित्रराष्ट्र अमेरिकालगायतसँग दुष्मनी बढाएको, निर्मला पन्तको हत्यारालाई संरक्षण दिएको, भ्रष्ट्राचार बढाएको, सरकार अधिनायकवादी शैलिमा अघि बढेको भन्दै निन्दा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.