सिरहामा सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन
सिरहा : नेपाली कांग्रेसले सिरहा सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गरेका छ। कम्युनिष्ट सरकारले अधिनायक चरित्र देखाएको भन्दै सोमवार कांग्रेसले विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा अन्याय, अत्याचार बन्द गर्नुपर्ने, महगी नियन्त्रण गर, निर्मला पन्तका अपराधीलाई कारवाही गर, वाइडबडी विमान खरिदका भ्रष्टाचारीलाई कारवाही गर लगायत नारा लगेका थिए। जिल्ला समन्वय समितिको गेटबाट निस्किएको विरोध र्यालीले बजारको विभिन्न भाग परिक्रमा गरी थाना चोक पुगेर सभामा परिणत भएको थियो।
सभामा कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, चित्रलेखा यादव, जिल्ला नेता डा. सुभाष चन्द्र यादव, प्रदेश सभा सदस्य नरेश कुमार यादव, जिल्ला सभापति रामचन्द्र यादव लगायतका अन्य नेताहरुले सम्बोधन गरेका थिए।