भत्किएको पुलनिर्माणमा ढिलासुस्ती

भत्किएको पुलनिर्माणमा ढिलासुस्ती

  डडेल्धुरा : डँडेल्धुराको भागेश्वर–४, डुङरी र अजयमेरु गाउँपालिका–५ देवलदिव्यपुर जोड्न बनाउँदै गरेको पुल भत्केपछि पुनः निर्माण सुरु हुन सकेको छैन ।

गत साउन १० गतेको अविरल वर्षाका कारण उक्त निर्माणाधीन पुल भत्किएको थियो । साउनमा पुल भत्किएको भए पनि हालसम्म सामान्य काम पनि नसकिएको स्थानियले बताएका छन । डिभिजन सडक कार्यालय कुलपाते, दिपायलले पुलनिर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रा.लि.सँग ठेक्का सम्झौता गरेको थियो ।
भ्याट सहितकूल ५ करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो । २०७४ भदौ २४ गते ठेक्का अवधि सकिए पनि २०७५ भदौ ९ गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको थियो । तर पुल नबन्दै भत्किएको थियो । 
अहिले छ÷सात महिना बितिसक्दा पनि पुल नबन्दा स्थानीयहरु मर्कामा परेका छन । ‘हामीलाई आवत–जावत गर्न असहज भइरहेको छ, पुल बनिसक्यो भनेर खुशी मनाउने अवसर नै नपाई भत्किएपछि दुःख लागेको छ’ देवलदिव्यपुरका टेक खड्काले भने ।
तर डिभिजन सडक कार्यालय कुलपाते, डोटीले भने पुल निर्माणको काम सुरु भइसकेको दाबी गरेको छ । ‘पुल भत्किएको केही समय पछि नै निर्माणको काम शुरु भइसकेको हो, सरसमान नआएकाले केही ढिलाई भएको होला’ डिभिजन सडक कार्यालय डोटीका इन्जिनियर महानन्द जोशीले भने । 
निर्माण अवधि सकिएकाले आफुहरुले पनि निर्माण व्यवसायीलाई दबाब दिइरहेको उनले बताए । निर्माण कम्पनीले भने झण्डै एक करोड रुपैयाँ क्षति व्यहोर्नु परेको जनाएको छ ।
मंसिरसम्म पुल निर्माण कार्य सक्ने गरी पुनःर्निर्माण गरिने सहमति भए पनि ढिलासुस्ती भइरहेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । 
४० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको सो पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको स्थानिय बसन्ती पालले बताईन  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.