ह्योल्मो संस्कृति झल्काउने एकीकृत वस्ती

ह्योल्मो संस्कृति झल्काउने एकीकृत वस्ती

हेलम्बु (सिन्धुपाल्चोक) : भूकम्पका कारण विस्थापित भएका हेलम्बु गाउँपालिका–१ का ४० परिवारका लागि ह्योल्मो संस्कृति झल्काउने परम्परागत तेम्बाथाङ एकिकृत बस्ती निर्माणको अन्तिम चरणमा पुगेको छ ।

भूकम्पपछि हेलम्बुमा अधिकांश घर पक्कि बन्न थालेपछि परम्परागत संस्कृति झल्काउने उद्देश्यले निर्माण गर्न लागिएको एकिकृत बस्ती निर्माणको अन्तिम चरणमा पुगेको हो । 
बस्ती निर्माण सम्पन्न हुन लागेसँगै बिस्थापितहरुमा खुसी छाउन थालेको छ । भूकम्पको ४५ महिनापछि सुरक्षित र परम्परा झल्काउने घर बन्न लागेकोमा सिंगो बस्ति खुसी भएको बस्ती निर्माण समितिको अध्यक्ष समेत रहेका साङ्गे शेर्पाले बताए । एक महिना भित्रै सबै परिवार बस्तीमा सरिसक्ने उनले जानकारी दिए ।
‘पर्यटकीय नगरी हेलम्बुको परम्परा लोप भए पर्यटक आकर्षित नहुने भएकाले ह्योल्मो संस्कृति संरक्षणका लागि पनि बस्ती निर्माण गर्न लागेका हौं’, अध्यक्ष शेर्पाले भने, ‘भूकम्प प्रतिरोधीसहितको ह्योल्मो संस्कृति जोगाउने खालको घर हामीले निर्माण गरेका छौं ।’ 
करिब एक सय रोपनी क्षेत्रफलमा बनेको बस्तीका प्रत्येक घरमा ह्योल्मो प्रचलन अनुसारको ‘नाम्बा कोसोङ’ झ्याल राखिएको शेर्पाले जानकारी दिए । एक भान्छा, एक बेड रुम र पाहुना कोठा गरी प्रत्येक घर तीन  कोठाका छन् । 
एकिकृत बस्ती निर्माण सम्पन्न भएपछि प्रत्येक घरमा होमस्टे व्यवस्थापन गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । शेर्पाका अनुसार पर्यटकका लागि छुट्टै घर समेत निर्माण गरिनेछ । ‘होमस्टे हेलम्बुको संस्कृति हो, त्यसैले यो बस्तीका प्रत्येक घर होमस्टे हुनेछन्’, अध्यक्ष निमाले भने, ‘हेलम्बु संस्कृति संरक्षणका लागि गाउँपालिकाको अगुवाईमा एकिकृत बस्ती निर्माण योजना सुरु गरिएको हो ।’ पर्यटन प्रवद्र्धनसँगै ह्योल्मो संस्कृतिको संरक्षणका लागि बस्ती उपयोगी हुने अध्यक्ष निमाको विश्वास छ । 
तीन करोड रुपैया लागतमा बन्न लागेको बस्तीका लागि अक्सफाम नेपाल र जनहित ग्रामीण सेवा समितिले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् । घर बाहेक खानेपानी, सडक र शौचालय लगायतका पूर्वाधारको समेत निर्माण गरिने जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए । ह्योल्मोहरुले प्रयोग गर्ने तन्दुर चुल्हो पनि संस्थाले उपलव्ध गराउने शर्माले बताए । 
एक वर्ष अघि निर्माण सुरु गरिएको बस्तीमा प्रति परिवार एक सय ५० दिन श्रमदान गरेका छन् । बस्तीका लागि आबश्यक इट्टा र झ्याल स्थानीयलाई तालिम दिएर गाउँमै निर्माण गरिएको हो । गोलाप्रथा गरेर कसलाई कुन घर भन्ने चयन गरिएको जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले बताए । ‘प्रत्येक घरलाई नम्बर दिएर लाभग्राहीले गोला टिपे जसलाई जति नम्बर पर्छ त्यसले त्यही घरमा बस्ने नियम राखियो’, न्यौपानेले भने, ‘बिना बिवाद को लाभग्राहीको कुन घर भन्ने एकिन भयो ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.