जब कप्तान पारस कारमा हुइँकिए

जब कप्तान पारस कारमा हुइँकिए

काठमाडौँ : युएईमा ओडीआई र टी–ट्वेन्टी दुवै सिरिज जिते नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्कियो । अपरान्ह त्रिभुवन विमानस्थलमा उत्रेको क्रिकेट टोलीलाई स्वागत गर्न सयौँ सर्वसाधरण क्रिकेट समर्थकदेखि मन्त्रीसम्म पुगेका थिए । 

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको स्वागतकक्षदेखि पार्किङ एरियामा पनि सयौँ समर्थक पुगेछि क्रिकेट टिमलाई बाहिर निकाल्नै मुस्किल पर्‍यो । यस्तो क्रिकेटहरुलाई लिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले बस पनि लगेको थियो । तर सयौँ समर्थकको भीडबाट कप्तान पारस खड्का बसमा नचढी अन्यत्रै मोडिए । 

भिडलाई छिचोल्न चर्को परेपछि पारस एउटा सेतो रंगको कारमा गएर बसे । सयौँको संख्याका समर्थक र युट्युबे पत्रकारहरुको भींड छिचोल्न कठिन भएपछि उनी त्यहाँबाट टिमका साथीहरु चढेको बसमा नगइ साथीको एउटा कारमा चढेर घरतिर हुइँकिए । 

यता पारसलाई टिमका लागि लगिएको बसमा नदेखेपछि खोजी थालियो । धेरै बेर नआएपछि बल्ल पारस कारमा चढेर घरतर्फ लागेको थाहा भयो । 



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.