क्रिकेटरहरुलाई जनही ५ लाख रुपैयाँ दिन सिफारिस
काठमाडौँ : युएईमा वान डे र टी-२० सिरिज जितेर घर फर्किएको नेपाली क्रिकेट टोलीलाई जनही ५ लाख रुपैयाँ दिन सिफारिस गरिएको छ ।
दुवै सिरिज जितेर फर्किएको नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई प्रतिव्यक्ति पाँच लाख रूपैयाँ दिन सिफारिस गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
राखेपले योसँगै दुवै सिरिज विजेता टोलीलाई राष्ट्रिय सम्मानका लागि सरकारलाई सिफारिस गरेको हो । यसैबीच क्रिकेट टोलीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एयपोर्टमै पुगेर जनही १०/१० हजार रुपैयाँ प्रदान गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले जितेर आएका १६ जना खेलाडी र अफिसियलसहित २१ जनालाई प्रोत्साहनस्वरूप जनही १० हजारका दरले दुई लाख १० हजार रुपैयाँ नगद प्रदान गरेका हुन् ।